
साउन ४,कालिकोट। कालिकोटमा १ वर्षमा ८ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । वितेको आर्थिक वर्ष २०७८\०७९ मा जिल्ला भरमा कुल ३५ वटा सवारी दुर्घटना भएका थिए । जसमा ८ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा ५५ जना घाईते भएका छन् ।
तिन वर्ष यताको तुलनामा सवारी दुर्घटनाको अवस्था हेर्दा आर्थिक वर्ष २०७५/०७६ मा दुर्घना संख्या १० मा ८ जनाको मृत्यु र ६ घाइते रहेको थियो भने,आर्थिक वर्ष २०७७/०७८ मा दुर्घना संख्या २८मा ६ जनाको मृत्यु र ४० घाइते भएका थिए।



karnalipress
४ श्रावण २०७९, बुधबार १९:४०