नेकपा एमाले कालिकाेटकाे जिल्ला कमिटि बैठक सुरु

भाद्र २०,कालिकोट : नेकपा(एमाले)जिल्ला कमिटि कालिकाेटकाे बैठक आइतबार जिल्ला सदरमुकाम मान्ममा सुरु भएकाे छ ।एमाले कालिकाेटका अध्यक्ष नगिन्द्र शाही (नेशनल)काे अध्यक्षतामा तथा केन्द्रीय सदस्य महाेन बानियाकाे प्रमुख आतिथ्यतामा बैठक सुरु भएकाे हाे । बैठक केन्द्रीय सदस्य लक्ष्मीप्रसाद पाेख्रेलकाे विशेष आतिथि रहनु भएकाे थियो  ।

यस्तै अतिथि हरुमा प्रदेश कमिटि सदस्य भरतराज धिताल,मिनबहादुर शाही, जिल्ला कमिटि उपाध्यक्ष रमेश शाही,सचिव तुलाराज मल्ल लगाएत रहनु भएकाे कार्यालय सचिव दानबहादुर शाहीले जानकारी दिनुभयो।बैठक जिल्ला समन्वय समितिकाे हलमा सुरु भएको छ। भाेलि पनि कार्यक्रम रहने छ।