
भाद्र २०,काठमाडौं। हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ ।आज सुनकाे भाउ तोलामा ९१ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति सुन तोलामा ९० हजार ९ सय रुपैयाँ तोकिएको थियो ।
चाँदीको भाउ पनि आज तोलामा ३५ रुपैयाँ बढेर तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।



karnalipress
२० भाद्र २०७८, आईतवार ११:३२