एमाले अध्यक्ष केपी शर्मा ओली कर्णाली प्रदेशमा

चैत्र १७,कालिकोट  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कर्णाली प्रदेशका सुर्खेत, दैलेख कालिकोट र जुम्ला जिल्लामा पुग्ने भएका छन् ।

कर्णाली प्रदेशमा विभिन्न्न पार्टी परित्याग गरि हजारौ नेता कार्यकता एमालेमा प्रवेश गर्ने भएपछि ओली कर्णाली प्रदेश पुग्ने भएका हुन्।

ओलीको सचिवालयका अनुसार आज विहान जुम्ला र कालिकोटमा जाने कार्यक्रमका लागि अध्यक्ष हिजोनै नेपालगञ्ज पुग्गेका छन् ।

आज विहान १० बजे हेलिकप्टरबाट दैलेख, जुम्लाको सिंजा र कालिकोटमा पार्टी प्रवेश र चुनावीसभा सकेर नेपालगञ्ज हुँदै भोली नै अध्यक्ष ओली काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।