टोकियो ओलम्पिकमा कल्पनाको राष्ट्रिय कीर्तिमान

श्रावण ९,  काठमाडौं ।टोकियो ओलम्पिकमा सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाउनु भएको छ ।

आज बिहान भएको छनोट चरणमा कल्पनाले आसाका सुटिङमा ६ सय १६ दशमलव ८ अङ्क जोड्दै राष्ट्रिय कीर्तिमान बनाउदै कल्पनाले आफ्नै नामको राष्ट्रिय कीर्तिमान भङ्ग गनु भएको हो।

उहाँले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा ६ सय १४ दशमलव ५ अङ्क जोड्दै राष्ट्रिय कीर्तिमान बनाउनु भएको थियो । राष्ट्रिय कीर्तिमान बनाउदै उहाँ फाइनल चरणमा पुग्न सक्नु भएन।