
असोज १५,कालीकोट। कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं ७ कान्छीवाडामा रहेको महावै आधारभुत बिद्यालयका प्रअ दिपवहादुर शाही स्थानीय निर्वाचन २०७४ मा वडा अध्यक्षमा लढ्नु भयो । शिक्षकवाट राजिनाम दिएको गाउँलेलाई भनेपनि अहिले महावै आधारभुत बिद्यालयको प्रअ उहाँ नै हुनुहुन्छ ।
नेपाली काग्रेस सम्वत नेपाल शिक्षक संघका नेता शाही आजभोली गाउँ देखि जिल्ला अधिवेशनका लागि दौडधुपमै हुनुहुन्छ । प्रअ दिपवहादुर शाहीले आफु निजि श्रोतको शिक्षक भएकाले चुनाव लढ्दा राजिनामा दिन नपर्ने वताउनुभयो । चुनाव लढेको साँच्चै हो, हारे, खाली वस्नु भएन त्यसैले सोही बिद्यालयको प्रअकै जिम्मेवारीमा छु ।
आज भोली काम बिषेशले सदरमुकाम मान्ममा छु उहाँले टेलिफोन कुराकानीमा भनेको जस्ताको तस्तै । तिलागुफा नगरपालिकाकै वडा नं ७ मा रहेको कालिका माविको आधारभुत बिद्यालयका शिक्षक पनि कहिलै सहभागी चार जना पदम भण्डाराको छोरी बिरामी भएकाले वाहिर रहेको र निर्मला शाही, केही दिन बिद्यालयमा आएपनि फेरी काठमाण्डौ जानु भएको वताउनुभयो ।
शिक्षक राजेन्द्र वहादुर रावत पनि आन्तरिक का भएको भन्दै मान्ममा रहेको प्रअ शाहीले वताउनुभयो । अरुको कारण नखुलाएपनि प्रअ शाही शुसिला शाही कक्षा १२ को उतरपुस्तीका लिएर जानु भएको वताउनुभयो । बिद्यालयमा हाल जनक वहादुर शाही मात्र हुनुहन्छ । प्राबिका चार जना शिक्षक मध्य तीन जना वाहिर छन भने एक जनाले कक्षा पाँच सम्म हाजिर लगादै ठिक्क हुने गरेको छ । धेरै जसो बिद्यालयमा आज भोली शिक्षक छैनन ।
कालीका माविका ब्यवस्थापन समितिका अध्यक्ष नैनवहादुर शाहीले यस भन्दा अगाडीको अध्यक्ष नेत्रवहादुर रावत रहेको र आफु अध्यक्ष भएको चार महिना मात्र भएकाले केही सुधारमा लागेको वताउनुभयो । यस भन्दा अगाडीको प्रअ पदवहादुर भण्डारालाई प्रअवाट हटाएर केही सुधार हुन्छ की भनेको उहाँले आफुलाई प्रअवाट हटाएको भन्दै बिद्यालय आउन छोडेको वताउनुभयो ।
अव बिद्यालय ब्यवस्थापन समितिको वैठक राखेर केही निर्णय गर्न आफु वाध्य हुने वताउनुभयो । उहाँले शिक्षिका निर्मला शाही, लगाएतका आधारभुत बिद्यालयका सबै शिक्षकको चरम लाप्रवाही भएको वताउनुभयो । यि त प्रतिनिधि पात्र मात्र हुन यस्तै जिल्लाका एक सहय बिदालयको समस्या यस्तै छ ।
तिलागुफा नगर शिक्षा शाखा प्रमुख लिलाराज बमले आफुलाई केही ब्यक्तिले सुचना गरेको र शुक्रवार अफिसमा काम भएकाले यतै ब्यस्त भएकाले अव आईतवार आफु बिद्यालयमा गएर सबै विवरण सार्वजनिक गर्ने वताउनुभयो । कोरोनाको जोखिममा झण्डै दुई शैक्षिक सत्र वन्द भएका बिद्यालय वल्ल तल्ल गत भदौ १ गतेवाट सञ्चालन भए ।
जिल्ला प्रशासन कार्यालय कालीकोटले आवस्यक स्वास्थ्य सुरक्षा अपनाएर बिद्यालय खोल्न निर्देशन दियो । बिद्यालय जान नपाएर उकुसमुकुस भएका बिद्यार्थी खुसि हुदै बिद्यालय जान थाले । तर बिद्यार्थी मात्र खुसि भएर के गर्नु पढाउने शिक्षक त्यस्तै खुसि भएपो पढ्न मन लाग्छ भन्नुहुन्छ जिवनराज देवकोटा ।
गढुलस्नानी आधारभुत बिद्यालय कक्षा ८ मा अध्यानरत देवकोटाले जिल्लाका एक दर्जन भन्दा वढी पत्रकारलाई फोन गरेर आफुले बिद्यालयमा पढ्न नपाएको शिक्षक जती आ आफ्नो पार्टीका कार्यक्रममा सहभागी भएको सुनाउनुभयो । उहाँ लगाएत धेरै जसो बिद्यार्थीले स्कुल खुलेर के गर्न शिक्षक आए पो पढ्न पाईन्छ भन्दै पत्रकार र जिल्ला प्रशासन सम्म फोन गरेर गुनासो गरिरहेका छन ।
सोही बिद्यालयका प्रअ दिपराज देवकोटाले पनि बिद्यार्थी देवकोटाले भनेको कुरा सर्लक स्वीकार गदै आफुलाई नेपाली काग्रेसले वडा तथा गाउँ अधिवेशनका लागि निर्वाचन अधिकृत वनाएर पठाएका कारणले आफु बिद्यालय जान नपाएको वताउनुभयो । भरखर खुलेका बिद्यालयमा पढाउनुको सट्टा यसरी राजनिति दलको कार्यकर्ता भएर अधिवेशनमा जानु कतिको जायज हो ।
यसको सबै तिर प्रश्न तेस्रीन थालेको छ । यसै बिच कालीका माविमा बिद्यार्थीले तालावन्दी समेत गरेका छन । शिक्षक बिद्यालयमा आउन छोडेपछि बिद्यार्थीले ताला वन्दी गरेको वाल पत्रकार सरला शाहीले जानकारी दिनुभयो ।
कालीकोटका प्राय सबै बिद्यालयमा कार्यरत शिक्षकहरु बिभिन्न पार्टीमा आवद्ध मात्र होइनन खुला राजनितिमा सामेल हुने भएकाले बिद्यार्थीले धोका पाउदै आएका छन । यसमा स्थानीय सरकार पनि मौन छन । अरुलाई रोकावट गर्दा भोलीका दिनमा आफ्नो सपोटमा रहेका शिक्षकलाई पनि रोक्न माग आउने भएकाले खुला छोडिदिने परिपाटी कायम छ ।
karnalipress
१५ आश्विन २०७८, शुक्रबार २०:३९