भाद्र १६,कालिकोट। युनिसेफको आर्थिक सहयोगमा किर्डाक नेपाल सुर्खेत द्वारा संचालित कोभिड-१९ पुर्वतयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत पोषण कार्यक्रम द्वारा कर्णाली प्रदेशका ५ जिल्लाका सुनौला हजार दिनका आमाहरुलाई पोषण मनोपरामर्श दिन सुरु गरीएको छ।
कोभिड-१९ बाट आमा र बच्चाको स्वास्थ्यलाई सुरक्षीत राख्न हुम्ला,जुम्ला,मुगु,डोल्पा र कालिकोटका प्रत्येक जिल्लामा एक,एक जना लाई पोषण मनोपरामर्श दाता नियुक्ति गरि मनोपरामर्श दिन सुरु गरीएको हो ।
जसमा कालिकोट मा रमिता बटाला, जुम्लामा आशा बानिया,मुगुमा, पुजा रावल, हुम्लामा किन्जोर लामा र डोल्पामा मुन बुढा रहेका छन। उनिहरुले सुनौला हजार दिनका आमाहरूलाई स्वस्थ स्वयंसेविकाको सहयोगमा नाम संकलन गरि उनिहरुको दैनिक खान,पान,आमा र बच्चाको स्वास्थ के कस्तो छ र कोभिड-१९ बाट कसरी सुरक्षित रहेका छन् भन्ने बारे मनोपरामर्श दिने काम गर्दै आएको कालिकोटका मनोपरामर्श दाता रमिता बटालाले बताउनु भयो।
कर्णाली प्रदेश राजधानी सुर्खेत,कालिकोट र जुम्ला जिल्लाका सदरमुकामको मुख्य बजारमा कोभिड-१९ बाट बच्ने र सुरक्षीत स्तनपान गराउने सम्बन्धि सचेतना मुकलक संदेश प्रसारण गर्ने गरेको बताईएको छ। हुम्ला,जुम्ला,मुगु,डोल्पा र कालिकोटका एफ.एम रेडियो मार्फत सचेतनामुकल सन्देश प्रसारण भईरहेको किर्डाक नेपालका प्रदिप बोहोराले जानकारी दिनुभयो।
यो कार्यक्रम मार्फत लक्षित क्षेत्र भित्रका सुनौला हजार दिनका आमा र बच्चाहरुको खाद्य पोषणमा ज्ञान अभिबृदी हुनुका साथै स्वास्थ्यमा सकारात्मक सुधार हुने अपेक्षा गरेको कार्यक्रम ब्यवस्थापक नवीन कुमार शाहीले बताउनु भयो ।
karnalipress
१६ भाद्र २०७८, बुधबार २१:३४