
कालीकोट । नेकपा एमाले कालीकोटका अध्यक्ष नगेन्द्र शाहीले केन्द्रीय नेतृत्वमा सर्वसम्वत गराउन सबैलाई आग्रह गर्नु भएको छ । उहाँले आज पत्रकारसंग कुरा गदै सबै प्रतिनिधिले सर्वसम्वत नेतृत्व छनोटका लागि छलफल चलाउन आग्रह गर्नुभयो ।
उहाँले आफु देशैभरीका प्रतिनिधि संग छलफलमा रहेको र सबै नसकिएपनि पदाधिकारी सम्मलाई सर्वसम्वत गराउने प्रयासमा रहेको वताउनुभयो । उहाँले आफु पनि सहमतीमै केन्द्रीय सदस्यको उम्मेदवार वन्ने संकेत समेत दिनुभयो । सहमती भयो पार्टीले ल तपाइ केन्द्रमा आउदा ठिक छ भनेको खण्डमा आफुले जिल्लाको नेतृत्व अरुलाई सुम्पेर अगाडी वड्ने वताउनुभयो ।



karnalipress
६ मंसिर २०७८, सोमबार १९:२२