बलात्कार आरोप लागेका मन्त्रीलाई बर्खास्तको माग

सुर्खेत । बलात्कारको आरोप लागेका कर्णाली सरकारका भूमि व्यवस्था तथा सहकारीमन्त्री कुर्मराज शाहीको बर्खास्तीको माग गर्दै नेकपा एमालेनिकट युवा–विद्यार्थीले मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन् ।

युवासंघ नेपाल र अनेरास्ववियुले मन्त्री शाहीको बर्खास्ती माग गर्दै आज मुख्यमन्त्री कार्यालय घेराउ गरेका हुन् ।‘फ्लोर क्रस’ गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर मन्त्री भएका शाहीलाई आफ्नै स्वकीय सचिवकी श्रीमती बलात्कारको आरोप लागेको छ ।

मन्त्री बर्खास्तीको माग गर्दै भएको प्रदर्शनमा सयौं एमालेनिकट युवा विद्यार्थी थिए।