सुर्खेतमा ७ वर्षीया बालिकाको ह’त्या !

सुर्खेत – सुर्खेतको लेकबेसी नगरपालिका–१ ढापखर्ककी सात वर्षीया बालिकाको ह’त्या भएको छ । लेकवेशी-१ ढापखर्कमा सोमबार बिहान ११ बजे बालिकाको श’व फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

ढापखर्कका गगनबहादुर सुनारकी ७ वर्षीया छोरी घरदेखि करिब ५ सय मिटर टाढा बारीमा मृ’त फेला परेकी हुन्।शवलाई पो’ष्ट’मा’र्ट’म’का लागि मेहलकुना अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए।