
जेठ ८,कालिकोट। कालिकोटको शान्नीत्रिवेणी गाउँपालिका र खाँडाचक्र नगरपालिका प्रमुखमा निर्वाचित अध्यक्ष र नगरप्रमुखलाई मुल पार्टीले नपताएपनि मतदाताले भने पत्याएका छन् । बैशाख ३० मा सम्पन्न निर्वाचनमा खाँडाचक्र नगरपालिका प्रमुखमा एकिकृत समाजवादीका नेता कमल शाहीले टिकटमा दावि गरे।
सत्ता गठवन्धनका नाममा समाजवादीलाई भाग परेन र उनि स्वतन्त्र भएको घोषणा गदै नगरप्रमुखमा उम्मेदवारी दिए । पार्टीवाट बिद्रोह गरेकाले पार्टीले खुलेर साथ दिने कुरै भएन । उनले आफै सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका उपप्रमुखका उम्मेदवारसंग तालमेल गरेर चुनावमा जादै गर्दा जनताले नगरप्रमुखमा निर्वाचित गरेका छन् ।
नेकपा एमालेका जिल्ला अध्यक्ष जसिप्रसाद पाण्डेलाई ३१० मतान्तरलाई पछि पादै नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार कमल शाही निर्वाचित भएका हुन् । उनि अव समाजवादीमा जाने की एमालेमा समायोजन हुने भन्ने कुरामा पर्ख र हेरको नितिमा छन् । उनले २ हजार ९१९ मतका साथ कालिकोटको सदरमुकाम रहेको खाँडाचक्र नगरपालिका प्रमुखमा निर्वाचित भएका हुन् ।
उता शान्नीत्रिवेणी गाउँपालिका प्रमुखमा पनि स्वतन्त्र उम्मेदवार मोहन केसि(महेश) विजयी भएका छन् । उनको मुल पार्टीले टिकेट नदिएपछि बिद्रोह गरेर पुतली चुनाव चिन्ह लिएर मैदानमा गएका केसिले माओवादी केन्द्रका उम्मेदवार डम्वर शाहीलाई ४९७ मतान्तरले पछि पादै विजयी भएका हुन् ।
उनले एक हजार ८१९ मत ल्याएर विजयी हुदा माओवादी केन्द्रका डम्वर शाहीले एक हजार ३३४ मत ल्याका थिए । गाउँपालिका अध्यक्षमा विजयी केसिले विजयी र्याली भएकै दिन पार्टीले बिश्वास नगरेपनि जनताले बिश्वास गरेको भन्दै आफु स्वतन्त्र रुपमा गाउँपालिका अध्यक्ष भएर काम गर्ने घोषणा गरेका छन् ।
उनले आफुलाई कार्वाही गरिएकाले कार्वाही गर्ने बयक्तिलाई माओवादी केन्द्रले पार्टीवाट निस्कासन नगरेसम्म आफु स्वतन्त्र भएर वस्ने प्रतिक्रिया दिएका छन् । तर माओवादीले भने कालीकोटका छ स्थानीय तहमा प्रमुख जितेको सुचीमा मोहन केसिको नाम उल्लेख गदै आएको छ ।



karnalipress
८ जेष्ठ २०७९, आईतवार १८:५२