रास्कोट नगरका महत्वपुर्ण निर्णयः एम्बुलेन्स देखी छात्रबृतिसम्म

जेठ १०,कालिकोट। रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही(पोषण) र उपप्रमुख मनिराज बरालले  पदभारग्रहण गरेका छन् । पदभारग्रहण  गर्दै नगरप्रमुख शाही र बरालले ५ ओटा महत्वपुर्ण निर्णय समेत गरेका छन् ।

रास्कोट नगरपालिकाको पदभार समाले पछी नगर सरकारको पहीलो निर्णय जनयुद्ध कालिन घाइते अपाङ्ग हरुको परिचय पत्रको आधारमा स्वास्थ्य उपचारको ब्यबस्था मिलाउने,सहिद,बेपत्ता , दन्डपिडित घाइते अपाङ्ग तथा सिमान्तकृत परिवारका जेहेन्दार बालबालिकालाई उच्च शिक्षा अध्ययनको लागि एउटा छात्रा र अर्को छात्र कोठा निर्धारण गरि  छात्रबृति प्रदान गने

आर.सि.पि. बजारमा रहेको अव्यवस्थित खानेपानी तथा सरसफाइलाई ब्यबस्थित गर्ने निर्णय समेत गरिएको छ नगर सरकारको पहिलो निर्णय अनुसार रास्कोट अस्पताललाई यम्बुलेन्स हस्तान्तरण गर्ने,निशुल्क बाली तथा पसुपन्छी कार्यक्रम लागू गर्ने लगाएतका निर्णय गरिएका छन ।