हवाई उद्धार सेवाले दुर्गमका गर्भवती र सुत्केरीको जीवनरक्षा गरिँदै

कालिकोट, १२ जेठ।  २४ घण्टाभन्दा लामो समय सुत्केरी व्यथाले च्यापेपछि हुम्लाको खार्पुनाथ नगरपालिका–२ कि जुनसा रावलको स्वास्थ्य जोखिम झन् बढ्न थाल्यो । जुनसाले शिशुलाई जन्म त दिईन् तर उनको पेट झन्–झन् फुल्न थालेपछि परिवारका सदस्य आत्तिन थाले ।

भौगोलिक विकटताले समयमै अस्पतालसम्म पु¥याउन सक्ने अवस्था नै भएन । गत ५ फाल्गुनमा नेपाली सेनाको हेलिकप्टर मार्फत उनको उद्वार भयो ।

२५ वर्षीय सुत्केरी जुनसालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरद्वारा सुर्खेतस्थित प्रदेश अस्पताल पुरयाइयो । स्वास्थ्य जोखिममा रहेका सुत्केरी महिलाहरुका लागि सरकारले हवाई उद्वार सेवाको थालनी गरेपछि यता कर्णालीमा उद्वार सेवा लिने सुत्केरीहरुको संख्या पनि बढ्न थालेको छ ।

सडक तथा विशेषज्ञसहितको स्वास्थ्य सेवा प्रदान गरिरहेका स्वास्थ्य संस्थाको पहँुच वाहिर रहेका कर्णालीका दुर्गम जिल्लाहरुमा स्वास्थ्य जोखिममा रहेका सुत्केरी महिलाहरुका लागि उद्वार सेवा प्रभावकारी बन्दै गएको छ ।

१८ घन्टा लामो सुत्केरी व्यथाले च्यापेपछि मुगुको खत्याड गाउँपालिका–४ की धनलक्ष्मी रावल पनि स्वास्थ्य जोखिममा परेकी थिइन् । २० वर्षीय रावलको उद्वारका क्रममा उनले सेनाको हेलिकप्टरमै बच्चालाई जन्म दिएकी थिइन् । गत १७ फाल्गुनमा उनलाई प्रदेश अस्पताल ल्याई पु¥याइएको थियो ।

जुनसा र धनलक्ष्मी झै सुत्केरी अवस्थामा स्वास्थ्य जोखिममा परेका कर्णालीका महिलालाई समयमै स्वास्थ्य संस्थामा पुरयाउने लक्ष्यका साथ सञ्चालनमा रहेको हवाई उद्वार कार्यक्रममा सेवा लिनेको संख्या बढ्न थालेको छ ।

२०७५र०७६ देखि दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या सिर्जना भई ज्यान जोखिममा परेका महिलालाई हवाई उद्धार गरी गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ सुरु भएको कार्यक्रममा हालसम्म तीन सय ६२ जना महिलाले सेवा लिईसकेका छन् ।

२०७५र०७६ मा २६ जना, २०७६र०७७ मा ८७ जना, २०७७र०७८ मा एक सय तीन जना सुत्केरी महिलाले यो सेवा लिएका हुन् । चालु आर्थिक वर्षको वैशाखसम्म नेपालभर स्वास्थ्य जोखिममा रहेका एक सय ४६ जना सुत्केरी महिलाको उद्वार भईसकेको छ । कर्णाली प्रदेशमा मात्रै चालु आर्थिक वर्षको वैशाखसम्ममा कुल ४५ जना महिलाको उद्वार भएको छ ।

कर्णालीमा ४५ जना सुत्केरीको उद्वार
चालु आर्थिक वर्षमा ९३१, वैशाखसम्म० कर्णालीमा जोखिममा रहेका ४५ जना सुत्केरी महिलाको उद्वार गरिएको छ । सबैभन्दा बढी डोल्पाका १२ जना स्वास्थ्य जोखिममा रहेका सुत्केरीको उद्वार भएको छ । त्यसैगरी रुकुम पश्चिमका दुई जना, सल्यानका एक जना, जाजरकोटका पाँच जना, हुम्लाका पाँच जना, दैलेखका आठ जना, मुगुका पाँच जना र कालिकोटका पाँच जना सुत्केरीको हेलिकप्टरमार्फत उद्वार गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको लागि हवाई उद्वारका साथै सुत्केरी पोषण स्याहार तथा यातायात सहयोगका लागि सरकारले एकमुष्ट बिस हजार रुपैयाँ समेत उपलब्ध गराउदै आएको छ ।

हवाई सेवा उद्धार कार्यक्रम अन्र्तगत कर्णाली प्रदेशमा रुकुम पश्चिम, जाजरकोट, डोल्पा, कालिकोट, मुगु र हुम्लामा यो कार्यक्रम पुर्ण रुपमा लागु भएको राष्ट्रपति कार्यालयकी सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन् ।

त्यसैगरी जुम्लामा चन्दननाथ नगरपालिका बाहेकका सबै स्थानीय तह, सल्यानमा कपुरकोट गाउँपालिका बाहेक सबै स्थानीय तह र दैलेखमा गुराँस गाउँपालिका बाहेक सबै स्थानीय तहमा हवाई सेवा उद्वार कार्यक्रम सञ्चालनमा रहेको छ ।

‘व्यवस्थित सडक सञ्जाल बाहेकको विकल्प छैन’
कर्णाली प्रदेशमा कुल दुई सय ८९ भन्दा धेरै ‘वर्थिङ सेन्टर’ हरु छन् । स्थानीय स्तरमा यि वर्थिङ सेन्टरले सोचे अनुरुप नै सेवा दिईरहेका छन् । तर सुत्केरीको स्वास्थ्य अवस्थामा जटिला आउन थालेपछि भने कर्णालीका दुर्गम क्षेत्रमा समस्या निम्तने गर्छ ।

सरकारले सबै क्षेत्रका हेल्थपोष्टहरुमा विषेशज्ञ सेवा सहितका जनशशक्ति घटाउन सक्ने अवस्था पनि छैन । सुत्केरी तथा गर्भवतिमा स्वास्थ्य जोखिम लक्षण देखिन थालेपछि तुरुन्तै जिल्ला अस्पताल पु¥याउन कर्णालीको भौगोलिक अवस्थाले दिएको छैन ।