नयाँ वजेटमा तिलागुफाले गर्याे सर्वदलिय सुझाव

असार ७ ,कालिकोट । तिलागुफा नगरपालिकाले आउदो आर्थिक वर्ष २०७९/८० का लागि आउने नयाँ वजेटमा सर्वदलिय सुझाव वैठक राखेको छ । मंगलबार नगरपालिकाका सर्वदलिय वैठकको आयोजना गरि वजेटका विषयमा सुझाव मागेको हो । नगरप्रमुख शंकरप्रसाद उपाध्याय र उपप्रमुख महेन्दबहादुर शाहीको र नगरपालिकाका पार्टी प्रमुख तथा प्रतिनिधि ,नागरिक समाज तथा पत्रकार हरूको सहभागीतामा सुझाव वैठकको आयोजना गरिएको थियो । वैठकमा अधिकांस सहभागी हरूले पुराना अधुरा योजना र नयाँ कार्यक्रम जनमुखि र उपलव्धि मुलक ल्याउन सुझाव दिएका थिए ।

यस्तै नेपाली कांग्रेसका नेता मनराज शाही, नेता नवीन हमाल, नेकपा एमालेका नेता बिर्ख सुनार, नेकपा माओवादि केन्द्र का नेता कमलबहादुर शाही, शिक्षक नरदिप शाही लगायतले नगरपालिकाको आम्दानिको स्रोत जल, जंगल र जडिबुटीको उचित उपयोग, बेरोजगार युवालाई रोजगार, नगर अस्पतालको स्तरोन्नति,सडकको नियमितता र शिक्षामा पहिलो प्रथामिकता राख्नु पर्ने सुझाव दिएका छन ।

स्थानिय सरकार जनमुखी, पार्दशिकता दिगो विकासमा ध्यान दिनु पर्ने बताएका छन । साथै नगरपालिकामा स्थापना गरिएको नगर अस्पतालमा औषधिको अभाव रहेकाले आवश्यक चिकित्सक र औषधिको व्यवस्थापन गर्नु पर्ने, स्थानिय उत्पादन लाई बजारिकरण गर्नु पर्ने, लगायतका विषयमा ध्यान दिन सुझाव दिएका छन । यस्तै शिक्षाका सवालमा निकै जोरवल गर्नुपर्ने बताउदै शिक्षक विद्यार्थी को समन्वय र सम्बन्ध नजिक ल्याउन गम्भीर भएर नयाँ कार्यक्रम ल्याउन सुझाव समेत दिएका छन ।

जिल्लाकै स्याउ उत्पादन हुने क्षेत्र तिला गुफानगरपालिका जहाँ असोजमै भारतको रूपडियाको स्याउ खानु पर्ने बाध्यता रहेको स्थानियले गुनासो गरेका छन । साउनमा टिप्ने स्याउ असोजमै भेटाउन नसकिने अवस्था रहि असोजमै भारतको रूपडिया बाट खरिद गर्नु पर्ने स्थानिय महिला स्नेहा रिजालले बताईन्। उनले कालिकोट जिल्लाकै स्याउ उत्पादन हुने क्षेत्र तिलागुफालाई स्याउ जोन क्षेत्र पनी घोषणा भइसकेको छ तर, अहिले सम्म भारतको रुपैडियाको स्याउ र तरकारी खानु पर्ने वाध्यता नहटेको गुनासो राख्दै अवको वजेटमा कृषी र स्वास्थ्यमा प्रथामिकता राख्नु पर्ने  सुझाव  दिएकि छन् ।