
भाद्र २३,कालिकोट। स्वास्थ्य सेवा कार्यालय कालीकोटले कुनै पनि सुचना नगरी दुई जना कर्मचारी नियुक्ती गरेको पाईएको छ । एक जना खरिदार र एक जना कार्यालय सहयोगी तीन दिनको फरकमा नियुक्ती दिएको खुलेको छ ।२०७८ साल जेठ २ गते प्रिमा कुमारी बिष्टलाई कार्यालय सहयोगीका रुपमा नियुक्त गरिएको तीन दिन पछि अन्जु रोकायालाई जेठ ५ गते कम्प्युटर अप्रेटरका रुपमा काम गर्ने उद्देश्यले खरिदार पदमा नियुक्त गरिएको पाईएको छ ।
कर्मचारी नियुक्ती गर्नु परेमा कम्तीमा पनि सात दिनको सुचना प्रकाशित गर्नु पर्ने नियम छ । तर स्वास्थ्य सेवा कार्यालय कालीकोटका तत्कालीन कार्यालय प्रमुख र केही कर्मचारीको मिलेमोतोमा तीन दिनको फरकमा दुई जना कर्मचारीलाई सोझै नियुक्त गरेपछि कर्मचारी बिचमा समेत खटपट सुरु भएको श्रोतले वताएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटका तत्कालिन निमित्त स्वास्थ्य ब्यवस्थापक सिनियर अहेव कटकबहादुर महत र प्रशासन शाखा, लेखा शाखा प्रमुखहरुको सल्लाहमा ति कर्मचारी नियुक्त भएको वताईन्छ ।
लेखा अधिकृत मुनवहादुर रावलले भने आफुलाई भन्दा पनि यो बिषय कार्यालय प्रमुखलाई वढि जानकारी हुने वताउनुभयो । लेखा प्रमुख रावलले आफु कहाँ कर्मचारीसंग गरिएको सम्झौता मात्र आउने भएकाले कार्यालय प्रमुख संगै नियुक्ती प्रक्रिया वुज्न आग्रह गर्नुभयो । तत्कालिन कार्यालय प्रमुख कटकवहादुर महतले सो समयमा कोरोना सङ्क्रमण निकै वढेका कारणले आपतकालीन अवस्थामा विना बिज्ञापन दुई जना कर्मचारी राखेको पुस्टी गर्नु भयो । उहाँले बिज्ञापन गर्दा समय लाग्ने भएकाले एक जना कार्यालय सहयोगी र एक जना कम्प्युटर अप्रेटर अति आवस्यक भएकाले नियुक्त गरिएको वताउनुभयो ।
कम्प्युटर अप्रेटर जुम्लाको सिजा क्षेत्रको र कार्यालय सहयोगी शुभकालिका छाति घर भएका महतको भनाई छ । तर कम्प्युटर अप्रेटरलाई वद्रियावाट फोन गरी वोलाएर राखेको कार्यालयका कर्मचारीको भनाई छ । कम्प्युटर केही जान्दैनन, तर अप्रेटर भनेर वद्रियावाट वोलाईयो र राखियो एक कर्मचारीले भन्नुभएको छ । यतीको कम्प्युटर जानेको कालीकोटमा मान्छे नभेटर हो, किन व्रदियावाट वोलाएर राखेको भन्दै कर्मचारीले बिरोध पनि गरेका छन । यो बिषयमा तत्कालीन कार्यलय प्रमुख महतले भने अस्वीकार गर्नु भएको छ ।
तत्कालीन प्रमुख महतले वर्दिया होइन, जुम्ला सिजावाट वोलाएर राखेको वताउनुभयो । बिज्ञापन गरिएन सम्पर्कमा रहेकालाई ल्याएर राखेको उहाँको भनाई छ । बिज्ञापन गर्दा समय लाग्ने भएकाले आफुहरुले सिधै नियुक्त गरेको वताउनुभयो । कर्मचारीहरुले भने लेखा अधिकृत कार्यालय प्रमुख र प्रशासन शाखा प्रमुखको मिलेमोतोमा भागवण्डामा कर्मचारी राख्ने गरेको आरोप लगाएका छन ।
कर्मचारीले श्रोत गोप्य राखिदिन अनुरोध गदै २०७७ साल साउन देखि हाल सम्मका सबै कर्मचारी नियुक्ती देखि भुक्तानी प्रक्रिया सबै हेर्न पत्रकारलाई आग्रह समेत गरेका छन । कर्मचारी राख्न बिज्ञापन गर्ने समय नभएको हो भने वर्दियावाट कालीकोट वोलाउने समय कसरी आयो भन्दै प्रश्न समेत गर्ने गरेका छन ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले भने आफुलाई यो कुरा जानकारी नभएको वताउनुभयो । कुनै पनि कम्पनीलाई कराहर कर्मचारी नियुक्तीको जिम्मा दिनु पर्नेमा कसैको ब्यक्तिगत चाहनामा राख्ने गरेको आफुले सुनेको र अव जानकारी लिने वताउनुभयो ।



karnalipress
२३ भाद्र २०७८, बुधबार ०७:५९