कालीकोटमा माओवादी केन्द्रको वडा अधिवेशन ८२ मध्य ७२ मा सर्वसम्वत

कालीकोट  नेकपा माओवादी केन्द्र कालीकोटका ७२ वडाका वडा सम्मेलन सर्वसम्वत सम्पन्न भएका छन । शनिवार जिल्लाका ८२ वडा मध्य ७२ मा सर्वसम्वत नयाँ नेतृत्वय चयन गरिएको माओवादी केन्द्रले जनाएको छ ।

केन्द्रका कालीकोट अध्यक्ष धनजित शाहीले दावि बिरोध रहेपनि अन्तमा आएर ७२ वडाका सम्मेलन सम्पन्न भएका र ति वडाका कमिटि पनि सर्वम्वत चयन भएको जानकारी गराउनुभयो । वाँकी दश वडामा पनि आज साँझ वा सोमवार बिहान सम्म नतिजा आईसक्ने वताउनुभयो । अध्यक्ष शाहीले ७२ वडामा दुई हजार ८८ जना सदस्य सर्वसम्वत चयन गरिएको वताउनुभयो ।

उहाँले आकाँक्षी धेरै भएपनि निर्वाचन संयोजन समिति सबै तहका निवर्तमान अध्यक्ष इन्चार्जहरुको पहलमा सर्वसम्वत गरिएको वताउनुभयो । वाँकी दश वडामा भने निर्वाचन हुने सँकेत देखिएको छ । यधपी निर्वाचनको कार्यतालिका कतै पनि सार्वजनिक नभएको नेकपा माओवादी केन्द्रले जनाएको छ । रास्कोटका नौ वडा मध्य वडा न. १ मा भने नेताहरुले वलप्रयोग गरी वडा कमिटिको गठन गरिएको वताईएको छ ।

वडा अध्यक्षका आकाँक्षी चरित्र न्यौपानेले दुई जना सल्लाहका लागि वाहिर आएका वेला तेस्रो ब्यक्तिलाई अध्यक्ष घोषणा गरेर नेताहरुले मलमिचाई गरेको वताउनुभयो । उहाँले आफु पार्टी भित्रैवाट संघर्ष गर्ने वताउनुभयो । माओवादी निकट प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य रुपेन्द्रवहादुर ऐडीले कुनै नेता नपुगेका र केही ठाउँमा बिवाह कार्यक्रम समेत भएकाले दश वडाको अधिवेशन तोकिएको दिनमा हुन नसकेको वताउनुभयो । उहाँले ति वडामा पनि सहमती हुने दावी गर्नुभयो ।

तपाईलाई थाह छ । माओवादी केन्द्रमा नेतृत्वका लागि चुनाव हुदैन । हिजो पनि भएन, आज पनि हुदैन र भोली पनि नहुने जनवादी केन्द्रीयता सहितको नयाँ नेतृत्व चयन हुने ऐडीको दावी छ । उता नरहरीनाथ गाउँपालिकामा राष्ट्यि सभा सदस्य जिवनवहादुर वुढाले सबै वडामा सर्वसम्वत नेतृत्व चयन गराउनु भएको छ । उहाँले आफुले साविकको लालु गाउँबिकास समितिका वडामा सबै भन्दा पहिला नेतृत्व चयन गराएको र हिजो नै अन्य वडामा पुगेर नेतृत्व चयन गराएर सबै ठाउँमा सहमती गराएको वताउनुभयो ।

जिल्ला भर सबै ठाउँमा सर्वसम्वत गराउन यसपालि सबै दल सफल भएका छन । सुरुमा काग्रेसले ८१ वडाको सर्वसम्वत गरायो भने १ वडामा मात्र निर्वाचन भएको थियो । नेकपा एमालेले पनि सबै वडा देखि स्थानीय तह हुदै महाधिवेशन प्रतिनिधि समेत सर्वसम्वत गराएको थियो । माओवादी केन्द्रले पनि सबै ठाउँमा सर्वसम्वत गराउने प्रयास जारी राखेको छ ।