
२८ भाद्र,दैलेख। १६ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा पीडितलाई बयान बदल्न लगाए पनि आरोपित दुल्लू नगरपालिका–१३ का २१ वर्षीय डम्बर भन्ने दिनेश बिकलाई दैलेख जिल्ला अदालतले सोमवार १२ वर्ष कैद सजाय तोकेको छ ।
जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट भएको फैसलामा कैदको अलावा आरोपितले ५० हजार क्षतिपूर्ति र १८ सय रुपैंयाँ पीडित राहत कोषमा तिर्नुेपर्ने फैसला गरेको अदालतका सूचना अधिकारी नासु टिकाराम न्यौपानेले जानकारी दिए ।
बलात्कारकै कारण बन्माइसकेको घटनामा आरोपित पक्षले पीडितलाई सहमतिमा सहवास भएको भन्न लगाए पनि मुलुकी अपराध सहिंताको दफा २१९ को उपदफा (१) अनुसार १८ वर्ष भन्दा कम उमेर बालिकालाई मञ्जूरी लिई गरेको करणीलाई बलात्कार मानिने भन्ने व्याख्या गरी उक्त सजाय तोकिएको छ ।
पीडितलाई सहमतिमै यौन सम्वन्ध भएको भन्न लगाइएको भएपनि १८ वर्ष भन्दा कम उमेर बालिकालाई मञ्जूरी लिई गरेको करणीलाई बलात्कार मानिने भन्ने कानूनी व्यवस्था अनुसार सजाय भएको दैलेख जिल्ला अदालतका सूचना अधिकारी नासु न्यौपानेले बताए ।
सरकारीवादी मुद्दा भएको कारण यो मुद्दामा पीडितको तर्फबाट जिल्ला सरकारी वकील कार्यालय दैलेखका सहायक जिल्ला न्यायाधिवक्ता हरि घिमिरेले बहस गरेका थिए । बलात्कार घटनापछि बालिकाको बच्चा समेत जन्मेको अवस्थामा यो सजायले नाता कायम गर्न बाटो खुलेको भन्दै उहाँले खुशी प्रकट गरे ।



karnalipress
२८ भाद्र २०७८, सोमबार २०:१५