
१२ जेष्ठ,कालिकोट । गएराती कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठबीस नगरपालिका–२,सिस्नेमा भएको बस दुर्घटनामा मृत्यु हुनेहरुको सनाखत भएको छ ।
मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका–९,का ३२ वर्षिय प्रेम सुनार र ३६ वर्षिय काशीराम पाण्डे, कालिकोटको पलाँतागाउँपालिका–३, का ४६ वर्षिय ज्ञानबहादुर बम र ५५ वर्षिया धनकला शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
बसमा सवार घाइते केहिकाे प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेकाे छ। गाडीमा जम्मा सवार ७० जना रहेको र दुुुई जनाको अवस्था गम्भीर रहेको प्रहरी कार्यालय दैलेखले जनाएको छ। अरु घाइते हरुलाई डिस्चार्ज गरिसकेको बताएको छ।



karnalipress
१२ जेष्ठ २०७९, बिहीबार १६:१९