
१४ पुष,कालिकोट। कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपात भैरहेकाे छ । जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालिकोट लगायतका स्थानमा सोमबार रातीदेखि हिमपात भएकाे हाे ।
मंगलबार बिहानसम्म जारी हिमपातले हिमाली भेगमा २/३ फिट र बेसी क्षेत्रमा करिब १ फिट बढी हिउँले ढाकेकाे छ । हिमपातका कारण हवाई सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ भने छोटो दुरीका यातायात फाटफुट रुपमा सञ्चालन भएका छन् ।
हिमपात सँगै बढेको अत्यधिक चिसोले कर्णालीको जनजीवन प्रभावित भएको छ भने हिमपातले बालीनालीमा सकारात्मक प्रभाव पार्ने भएकाेदले कृषकहरू हर्षित बनेका छन् ।



karnalipress
१४ पुष २०७८, बुधबार १७:३९