
सुर्खेत – सुर्खेत प्रहरीले ला’गु औषध ब्रा’उ’न सु’ग’र’सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी ब्यूरोको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालयको टोलीले वीरेन्द्रनगर नगरपालिका–२ भुरेलीबाट कोलडाँडा भन्ने स्थानमा बस्ने २८ वर्षीय खिमबहादुर बुढालाई पक्राउ गरेको हो ।
शनिबार बिहान ८:३० बजेको समयमा उनी सोही स्थानको एक नास्ता पसलभित्र श’ङ्का’स्प’द रूपमा बसिरहेको अवस्थामा प्रहरीले छापा हानेको थियो । शरीर खानतलासी गर्दा उनले लगाएको ज्याकेटको दाहिने खल्तीमा कागज भित्र एक पु’डि’या ला’गू औ’ष’ध ब्रा’उ’न सु’गर’ फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । साथै उनले लगाएको पाइन्टको खल्तीमा विभिन्न दरका नेपाली नोट १२ हजार ४५० बरामद गरिएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले भने,‘ ती व्यक्तिको घर खानतलासी गर्दा घरको कोठाभित्र टिभी राख्ने र्याक माथि कालो प्लास्टिक र सेतो कागजको दुई वटा पोका लु’का’ई’ छि’पा’ई राखेको पनि पत्ता लाग्यो । नापतौल गर्दा प्लास्टिक सहित ९ ग्राम ९४० मिलिग्राम र प्लास्टिकबाहेक तौल गर्दा ८ ग्राम ७३० मिलिग्राम ला’गु औ’ष’ध भेटिएको थियो ।’



karnalipress
७ कार्तिक २०७८, आईतवार ०७:१६