
ललित बिष्ट १५,माघ, मान्म । मुखमा मास्क र एक हातमा ‘तपाईंको मास्क खोई ?’ लेखिएको प्लेकार्ड बोकेका प्रहरी र स्वास्थ्यकर्मीले अर्को हातले मास्क लगाउन आग्रह गर्दैछन् । जिल्ला स्वास्थ्य कार्यालय कालिकोट र समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मान्ममा ‘तपाईंको मास्क खोई ?’अभियान चलाएपछि प्रहरी र स्वास्थ्यकर्मी सडकमा यसरी देखिएका हुन् ।
तेस्रो चरणको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मी,नेपाल प्रहरी,नेपाली सेना,शसस्त्र प्रहरीले सनिवार ‘तपाईंको मास्क खोई ?’ अभियान मान्म बजारमा सञ्चालन गरेका हुन्। मास्क नलाएकाहरुलाई मास्क लगाउन र खाेप नलाएकाहरुलाई अनिवार्य खाेप लगाउन र गाडिमा सवार गर्ने सबै यात्रीलाई मास्क लगाउन आग्रह गरेको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका निमित्त कार्यालय प्रमुख रत्नवीर सुनारले बताए ।
‘डाक्टर सुनारले कोरोना भाइरसको महामारीबाट जोगिन खाेप लगाउन तथा यात्रामा अनिवार्य मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले सो अभियान शुरु गरिएको बताए । उनले भन्ने,कोरोनाबाट बच्न खाेप लगाउन ,मास्क सेनिटाइजरको प्रयोग अनिवार्य गर्न,बजारमा खाेप नलगाइ बस्ने र मास्क नलाई हिंड्नेलाई अनिवार्य खाेप र मास्क लगाउन आग्रह गरेकाछाैं ।’
जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम गरिएको छ । जिल्लामा याे अभियानबाट प्रहरीले मास्क नलगाउने तथा अटेर गर्नेलाई सम्झाइबुझाइ गरी मास्क किन्न लगाएर छोड्ने गरेको प्रहरी प्रमुख सिद्धराज न्याैपानेले बताए। उनलेे भन्ने अनिवार्य मास्क लगाउन आग्रह गर्दै दुई सय जनालाई मास्क वितरण पनि गरिएको छ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा,प्रहरी प्रमुख सिद्धाराज न्याैपाने,सशस्त्र प्रहरी,स्वास्थ्य कार्यालयका प्रमुख रत्नवीर सुनार,जनस्वास्थ्य अधिकृत गौरा घर्ती मगर,नेपाल प्रहरी,नेपाली सेना,पत्रकार लगाएतकाे सहभागीता थियाे। कार्यक्रम प्रतिमा चाेक देखि जिराे पईन्ट हुदै पुरानो बस पार्कमा सम्पन्न भएको थियो ।




karnalipress
१५ माघ २०७८, शनिबार १६:१६