
५ कार्तिक कालिकोट। जिते देखि हुम्लाको सल्लीसल्ला सम्मको कर्णाली करिडोर लगातारको वर्षाले अवरुद्घ भएको छ। आईतवारदेखि मंगलबार सम्म अबिरल परेको वर्षाले ठाउँ ठाउँमा पहिराे जादा कर्णाली करिडोर अवरुद्ध भएको हाे।
आईतवारदेखिको अविरल वर्षाले करिडोरका बिभिन्न ठाउँमा ठूलो पहिरो झरेका कारणले नागरिक समस्यामा परेको पचालझरना ५ निवासि भिम आचार्यले बताए।“पानीले करिडोरको धेरै ठाउँमा पहिरो गहेकाे छ, उनले भने गाउँबाट मान्म सम्म हिड्नु पर्दा धेरै दुख खेप्नुपरेको छ।”
कर्णाली करिडोरकाे पहिरो कस्ले पन्छाउने भन्ने थाहा छैन जिम्मेवारी निकाय को हो भन्दै नागरिक प्रश्न गर्न थालेका छन ।सडक निमार्णको जिम्मा लिएको नेपाली सेनाले असार ३१ गते निमार्ण सम्पन्न भएकाे भन्दै सडक हस्तान्तरण गरेको थियो ।
त्यस यता आजसम्म कर्णाली करिडोरकाे पहिराे कस्ले पन्छाउने भरेर थाहा छैन्। कर्णाली करिडाेरमा दैनिक आवतजावत गर्ने नागरिकले दुख पाउने गरेका छन् यस बिषयमा जिल्लामा समन्वय भईरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्याले जानकारी दिए।
उनले,भने “नेपाली सेनाको कायादलको जिम्मामा रहेको हुदा उनिहरुले काम गरीरहेका छन् केही समय लाग्छ होला कर्णाली करिडोर खुलाउनकोलागि स्थानिय तहसंग पनि समन्वय सहकायगरी बाटो खुलाउने प्रयास भएको छ।”



karnalipress
५ कार्तिक २०७८, शुक्रबार २२:२१