
भाद्र ८, काठमाण्डाै – काठमाण्डौ उपत्यकामा राति ८ बजेपछि गाडी चलाउन नपाइने नियम हटेको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले राति ८ बजेपछि गाडी चलाउन नपाइने नियम हटाउँदै उपत्यकाकाको निषेधाज्ञा भदौ १६ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
काठमाण्डौमा निजी तथा सार्वजनिक गाडीलाई तोकिएको स्वास्थ्य मापदण्ड पालनामा भने कडाइ गरिने जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।
अन्य गतिविधिका सन्दर्भमा भने विगतमा लागू भएको आदेशलाई यथावत् राखिएको छ । साउन २८ गतेदेखि भदौ ८ गतेसम्मको निषेधाज्ञाको आदेशमा उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा, ढुवानीका साधन र उपत्यका प्रवेश गर्ने गाडी बाहेकका अन्य निजी एवम् सार्वजनिक गाडी बेलुका ८ बजेभित्र गन्तव्यमा पुगिसक्नुपर्ने उल्लेख थियो ।



karnalipress
८ भाद्र २०७८, मंगलवार २२:११