वैज्ञानिक समाजवाद प्राप्तिको लागि बृहत कम्युनिस्ट एकताको जरुरी छ : बास्तोला

भाद्र १७, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कन्चन’ ले वैज्ञानिक समाजवाद प्राप्तिको संघर्ष गर्ने बृहत कम्युनिस्ट आन्दोलन एकताको जरुरी रहेको बताउनु भयो ।

नेपाल कम्युनिस्ट पार्टी कालिकोटको आयोजनामा बिहीबार मान्ममा सम्पन्न बर्तमान राजनीतिक संकटर समाधान बिषयक अन्तक्रिया कार्यक्रम नेता बास्तोलाले यस्तो बताउनुभएको हाे ।

नेता बास्तोलाले आजको सबै क्षेत्रको संकटको कारण दलाल पुजीवादी व्यवस्था हो, यसको विकल्प सहितको वैज्ञानिक समाजवादसहितको राजनीतिक प्रस्तावना पार्टीले पेस गरेको छ, जनमत संग्रहका लागि संयुक्त प्रगतिशील सरकारमार्फत लोकतन्त्रको उच्चतम प्रयोग जनमत संग्रह भएकोले एकपटक नेपाली जनतालाई व्यवस्था चुन्ने अधिकार दिन जनमतसंग्रह आवश्यक भएको बताउनु भयाे ।

अन्तरक्रिया कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एटम बिसि, नेकपा एमाले समाजवादीका नेता तथा संविधानसभा सदस्य तुलराज बिष्ट, नेकपा एमालेका प्रदेश सदस्य धिर बहादुर बम मजदुर किसान पार्टीका खडकराज शाही, नेकपा माओवादी केन्द्र ‘समाजवादी का नेता सागर बि.क लगायतले अन्तरक्रिया कार्यक्रममा भाग लिनु भएकाे थियो।

अन्तरक्रिया कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि, बुद्धिजीवी, संस्थाका प्रतिनिधिहरु, पत्रकार लगायत मानवअधिकारकर्मीहरूकाे उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रममा छलफलमा उठेका बिषयमा नेता बास्तोलाले प्रष्टिकरण गर्नुभएको थियो । जिल्ला इन्चार्ज बिराटकाे अध्यक्षता भएको अन्तरक्रिया कार्यक्रमको संचालन जिल्ला सेक्रेटरी रणदिपले गर्नुभएको थियोे ।