शिक्षक संघको जिल्ला अधिवेशन उद्धघाटन

फागुन ६, कालिकोट । नेपाल शिक्षक संघको नवौं जिल्ला अधिवेशन सुरुभएको छ ।नेपाली कांग्रेस आवद्ध शिक्षकहरुको संगठन नेपाल शिक्षक संघको नवौं जिल्ला अधिवेशन कालिकोट जिल्लाको मान्ममा शुक्रबार देखी उद्धघाटन गरी सुरु भएको हो ।

नेपाल शिक्षक संघमा आवद्ध शिशक्षक तथा नेपाली कांग्रेसकाा नेता तथा कार्यक्रताहरुको सहभागितामा जिल्लामा नयाँ नेतृत्व गठन गर्नकोलागी अधिवेशन सुरु भएको छ।

निर्वमा अध्यक्ष दिपराज शाहीको अध्यक्षता तथा प्रदेश  सासंद हिक्मत बिष्टको प्रमुख आथित्यता तथा तिलागुफा नगरपालिकाका मेयर शकरप्रसाद उपाध्यायको विषेश आथित्यतामा नेपाल शिक्षक संघको नवौं अधिवेशन उद्धघाटन गरीएकाे छ ।

नवौं अधिवेसनमा स्थानीय तहका नेपाल शिक्षक संघका सभापति तथा प्रतिनिधि शिक्षकहरुको सहभागीता रहेको छ।कार्यक्रमले नेपाल शिक्षक संघ जिल्लाको नयाँ नेतृत्व चयन गर्ने छ ।