फागुन ३०,कालीकोट। कालीकोटमा ३३ के.भि.प्रसारण लाइन जडान सम्पन्न भएको छ । यसअघि दैलेखेको दुल्लुदेखि कालीकोटहुँदै जुम्लासम्म ११ के.भि. विद्युत प्रसारण लाइन जडान भएको थियो । त्यसैलाई विस्तार गरेर ३३ के.भि. विद्युत् प्रसारण लाइन जडान गरीएको हो ।
विगतमा कालीकोटमा ११ के.भि. प्रसारण लाइनले विद्युतको भोल्टेज घटबढ् हुने समस्या र नागरीको माग अनुसार विद्युत् आपूर्ति गर्नका लागि ३३ के.भि.प्रसारण लाइन जडान गरीएको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका प्रखुख नारायणप्रसाद पौडेलले जानकारी दिए ।
मान्मबाट पालिकाको केन्द्रसम्म विद्युतलाई बिस्तारको लागिकाम हुने बताए । कर्णाली प्रदेशका १० मध्ये सात जिल्लामा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जडान भएको छ , भने हुम्ला, मुगु र डोल्पामा हालसम्म राष्ट्रिय प्रसारण लाइन जडान हुनसकेको छैन । कालीकोट र जुम्लामा गतवर्षमा ११ के.भि. राष्ट्रिय प्रसारण लाइन जडान भएको थियो । कालीकोटमा के.भि. राष्ट्रिय प्रसारण लाइन जडान भएसंगै नागरीकहरु खुसीछाएको छ ।
karnalipress
३० फाल्गुन २०७८, सोमबार २१:०९