कालीकोटमा पनि प्रहरी दिवस मनाइयो

असोज २०,कालीकोट । कालीकोट जिल्लमा पनि प्रहरी दिवस मनाइएको छ । निःशुल्क जग्गा प्रदान गर्ने जग्गा दाता,अमर प्रहरी,असक्त पुर्व प्रहरी र उकृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई कदर पत्र,दोसल्ला र नगद पुरस्कारद्धारा पुरष्कृत गरी प्रहरी दिवस मनाइएको हो।

जिल्ला प्रहरी कालीकोटका प्रमुख प्र.ना.उ.चक्र बहादुर शाहको अध्यक्षता,तथा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रशाद आचार्यको प्रमुख आथित्यता ,र जिल्ला स्थित सम्पुर्ण सरकारी कार्यालयका कार्यालय प्रमुख तथा प्रतिनिधिहरु,पत्रकार,पुर्व प्रहरी कर्मचारी,लगाएतको उपस्थित रहेको थियो ।

उक्त कार्यक्रममा ई.प्र.का.पचालझरना,प्र.चौ.नाग्मगार्ड र अ.प्र.पोष्ट सान्ति घाटलाई निःशुल्क जग्गा प्रदान गर्नु हुने जग्गा दाताहरुलाई सम्मान गर्दै “६६औं प्रहरी दिवस मनाइएको प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

                                                        सम्बन्धित फोटोहरु