तिन दिन यता कालिकोट अन्धकार

भाद्र ७,कालिकोट । तिन दिन यता कालिकोट जिल्लामा बिद्युत छैन । आईतवार बिहान ११ वजेवाट अबरोध भएको कालिकोटको बिद्युत प्रशारण लाईन अहिले सम्म नआदा कालिकोट अन्धकार भएको हो । धेरै वर्ष पछि कालिकोटमा राष्ट्यि प्रशारण लाईन पुगेपनि आउने जाने हुदै आएको थियो । एक दिनमा एक सय पटक वत्ती आउने र एक पटक नै जाने भएपनि केही समय त उज्यालो हुने गरेको थियो ।

तर आईतवार देखि भने कुनै पनि समयमा वत्ती आएको छैन । बिधुत अवरोध हुदा सबै भन्दा वढि मारमा कालिकोटका सामुदायिक रेडियो परेका छन । रेडियोले आफ्नो प्रशारण समय समेत कटौती गर्नु परेको छ । कालिकोटको सबै भन्दा पुरानो रेडियो नयाँ कर्णालीले दैनिक १६ घण्टा प्रशारणको समय कटौती गरेर सोमवार बाट दश घण्टामा झारेको छ । रेडियोका स्टेशन म्यानेजर भरतराज बिष्टले वर्षातको समयमा घाम पनि नलाग्ने भएकाले वैकल्पीक उर्जा सोलार समेत काम नगर्ने भएकाले बिद्युतका कारणले प्रशारण समय कटौती गर्नु परेको बताए ।

कालिकोट वितरण केन्द्रका प्रमुख नारायण प्रसाद पौडेलले कर्णाली जलबिद्युत परियोजना निमार्णका लाष् दैलेखको आठबिस नगरपालिकामा पर्ने कालीका सामुदायिक वन र सल्लेरी साुमदायि वनमा रुख कटान गर्दा १४ पोलमा क्षती पुगेका कारणले बिद्युत अवरोध भएको बताए। प्रमुख पौडेलले आजको रुख कटानमा केही क्षती नभएको खण्डमा केही दिनमा बिद्युत सुचारु हुने र यती क्षती भएमा भन्न नसकिने बताए । उनले आफु क्षतीग्रस्त ठाउँमै रहेको भन्दै बिद्युतलाई सुचारु गर्न रुखले पुगाएको क्षती र तारमा आएको समस्याले निकै कठिन भईरहेको जानकारि दिए।

उनले स्थानीय नागरिकले आफ्नो क्षेत्रवाट लाईन लिने तर आफुलाई बिद्युत नदिने हो भने अवरोध गर्ने भनेकाले थप समस्या भएको सुनाए । तीन दिन सम्मको अवरोधले सरकारी कार्यलयमा पनि समस्या भएको छ ।

जिल्ला प्रशासन देखि केही सेवाग्रहीको भिड लाग्ने कार्यालयमा वत्तीका कारणले सेवा दिन कठिन भईरहेको छ । प्राईभेट ब्यापारीलाई पनि वत्ती अभावले ब्यापार ठप्प भएको छ । सिलाई कटाई देखि मोवाईल, तथा इलेक्टीकल पसलमा बिद्युत नहुदा ब्यापार ठप्प भएको ब्यापारीहरुले गुनासो गरेका छन ।