एमाले कालीकोटको दशौ जिल्ला अधिवेशन २४ गते उद्घाट हुने

२२ पुस,कालीकोट। नेकपा एमाले कालीकोटको दशौ जिल्ला अधिवेशन एक दिनका लागि सरेको छ । पुस २३ गते उद्घाट हुने भनिएको अधिवेशन एक दिनका लागि पछि सरेको हो । मौसममा आएको खरावीका कारणले २३ गते तय भएको अधिवेशन एक दिनका लागि सरेको दशौ जिल्ला अधिवेशन प्रचार प्रसार उपसमितिका आयोजक दयाराम सिम्खडाले जानकारी दिनुभयो ।

उहाँले अरु सबै तयारी पुरा भएको थियो । तर मौसम खवरा भएको र पानी परेका कारणले खुलामन्चको मैदानमा पानी तलाउ वनेका कारणले २४ गतेलाई सारिएको जानकारी दिनुभयो । संयोजक सिम्खडाले जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधि सदरमुकाम आउनेक्रम जारी रहेको समेत जानकारी दिनुभयो । उहाँले मौसमका कारणले केही अन्यवल भएपनि सबै ठाउँमा खवर भएको र २४ गते बिहान सम्म सबै प्रतिनिधि जिल्ला आईपुग्ने जानकारी गराउनुभयो ।

संयोजक सिम्खडाले अधिवेशमा सहभागी हुने प्रतिनिधिको संख्या ७ सय ११ जना रहेको वताउनुभयो । सबै मनोनित हुने देखि सबै प्रतिनिधिको टुग्गो लाग्दा सात सय ११ जना पुगेको जानकारी गराउनुभयो । यसैबिच एमाले दशौ जिल्ला अधिवेशनको नेतृत्व छनोटमा सकस हुने देखिएको छ । आकाँक्षी धेरै भएकाले सहमतीय प्रर्णालीमा नेतृत्व छनोटमा निकै चुनौती थपिएको एमालेका नेताहरुले वताएका छन । अध्यक्ष पदका लागि पाँच जनाको दावि रहेकाले मिलाउन निकै कठिन हुने वताईएको छ ।

अध्यक्षका लागि कार्यवहाक अध्यक्ष रमेशकुमार शाही, धिरवहादु बम, युवा नेता दयाराम सिम्खडा, तुलाराज मल्ल र जसिप्रसाद पाण्डे आकाँक्षी देखिनु भएको छ । उहाँहरुले औपाचारिक रुपमा अध्यक्षको दावि नगरेपनि सञ्चारमाध्यममा भने अध्यक्षको दावि रहने वताउदै आउनु भएको छ ।