ललित बिष्ट ,१२ माघ कालिकोट । कालिकोटमा पहिलो पटक ईट्टा उद्योग सञ्चालनमा आएको छ । तिलागुफा नगरपालिका–९ चिलखायाका चार जना स्थानीय युवाले उद्योग सञ्चालन गरेका हुन् । करिब ३० लाखको लगानीमा सुरु गरिएको ईट्टा उद्योगमा अहिले उत्पादन समेत सुरु गरिएको छ । स्थानीय माटोको प्रयोगबाट निर्माण गरिने ईट्टा घर निर्माणमा धेरै राम्रो हुने स्थानिय राकेश शाहीले बताए ।
ईट्टा उद्योग सञ्चालनका लागि मेसीन खरिद र ट्रष्ट निर्माणमा गरि करिब ३० लाख खर्च भएको संन्चालक टेकराज शाहीले बताए ।‘अहिले उत्पादन सुरु छ’ शाहीले भने ‘अहिलेसम्म करिब १ लाख ५० हजार ईट्टा उत्पादन भईसकेको छ, अब बिक्रिको लागि माग अनुसार उत्पादन गर्ने तयारीमा रहेका छउ । छिटो छरितो, आर्कषक, र कम लगानीमा घर निर्माण गर्न चाहनेहरुका लागि यो ईट्टा निकै उपयोगी रहेको उद्योग सञ्चालक शाहीको भनाई छ ।’ रातो ईट्टाको लागत प्रति ईट्टा २४ देखी २५ रुपैयाँ सम्म पर्ने जनाईएको छ ।
यो ईट्टाको प्रयोगबाट घर निर्माण गर्दा छिटो छरितो घर निर्माण गर्न सकिने भन्दै ईट्टा बनाउने माटोको ल्याव परिक्षण गरि गुणस्तर पनि मापन भईसकेको छ । ईट्टा उद्योग मार्फत २७जनालाई रोजगारी पाएका छन् । जिल्लामै पहिलो पटक ईट्टा उद्योग सञ्चालनमा आएकोमा स्थानीय रमेश शाही खुसी भएका छन् ।
तराईका जिल्लाबाट ढुवानी गरि ल्याँउदा यो ईट्टा भन्दा बढी लागत पर्ने हुदा पनि स्थानीय ठाउँमै उत्पादन भएको ईट्टा प्रयोग गर्दा राम्रो हुने उद्योग वाणिाज्य संघ कालिकोटका अध्यक्ष रतन बहादुर शाहीको भनाई छ । जिल्लामै पहिलो पटक ईट्टा उत्पादन सुरु हुदा स्थानिय खुसि भएका छन् ।
karnalipress
१२ माघ २०७८, बुधबार १९:१४