लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियान सम्पन्न

कालीकोट । “लैङगिक हिंसा अन्त्य गरौ सुरुवात आफैवाट गरौ” भन्ने मुलनाराका साथ लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियान सम्पन्न भएको छ ।कालीकोट जिनल्लाको खाँडाचक्र नगरपालिकाको महिला तथा बालबालिका शाखा अन्तरगत लैगिंक हिंसा विरुद्घको १६ दिने अभियान  शुक्रवार बिभिन्न कार्याक्रम गरी सम्पन्न भएको हो।

गत मंसिर ९ गते बाट सुरु भएको “लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियानले महिला हरुमा हुने बिभिन्न हिंसा विरुद्वका बजारर्याली,सडक नाट, निवन्ध प्रतियोगिता, बजार सरसफाई जस्ता कार्यक्रम गरी सम्पन्न भएको महिला तथा बालबालिका शाखा प्रमुख अमिका मल्लले जानकारी दिनुभयो।

उहाँका अनुसार यो लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियान महिलाहरुको कार्यक्रम भएको भन्दै पुरुषहरुको सहभागिता कम रहेको बताउनु भयो।