
भाद्र १९ ,काठमाण्डौ। राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गते बुधवारको लागि सङ्घीय संसदको बैठक आह्वान गर्नुभएको छ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सङ्घीय संसदका दुवै सदनको बैठक आह्वान गर्नुभएको हो ।
सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश र अमेरिकी सहयोग एमसीसीको प्रस्तावबारे छलफल गर्न अधिवेशन बोलाएको बुझिएको छ।संसद अधिवेशन बोलाउनेबारे बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटा र सत्ता साझेदार दलका शीर्ष नेताबीच छलफल भएको थियो ।




karnalipress
१९ भाद्र २०७८, शनिबार २०:२६