चुनावी अभियानलाई तिव्र पार्दै: नेता नगिन्द्र शाही

ललित विष्ट कालीकोट । नेकपा एमाले कालीकोटबाट प्रतिनिधिसभाका उम्मेदवार नगिन्द्र शाही  नेशनलले आफ्नो चुनावी अभियानलाई तिव्र बनाएका छन् ।

शाही अहिले कालीकोटको विभिन्न पालिकामा आफ्नो  चुनावी  योजण्डा लिएर अभियानमा व्यस्त राखेको नेकपा एमाले कालीकाेटका पार्टी सचिव पुष्पराज आचार्यले बताए   ।

शाहीसँगै उक्त अभियानमा समानुपातिक उम्मेदवार दुर्ग बहादुर शाही, नेता जसिप्रसाद पाण्डे,कुर्मराज शाही पार्टी अध्यक्ष तुलाराज मल्ललगायतको  उपस्थितिमा जिल्लाका विभिन्न स्थानीय तहमा चुनावी कार्यक्रमहरू सुरु गरिएको हाे।

नेकपा एमालेद्वारा आयोजना गरिएका चुनावी  कार्यक्रमहरू खाँडाचक्र नगरपालिकाकाे ६,७,८,९ र १० मा  कार्यक्रम जारी छ। यस्तै शनिबार तिलागुफा नगरपालिकामा कार्यक्रम अन्तर्गत पार्टीको नीति, कार्यक्रम तथा आगामी योजनाबारे जनतालाई जानकारी गराइनुका साथै स्थानीय जनतासँग अन्तरक्रिया र भावी याेजना बारे जनतामाझ जानकारी समेत गराउने कार्यक्रम रहेको छ।

कार्यक्रममा सहभागी नेताहरूले जनताको हकहितका लागि नेकपा एमाले प्रतिबद्ध रहेको बताउँदै भरोसा कालीकोटको  संकल्प समृद्धिकाे नाराकाे साथमा आसन्न निर्वाचनमा पार्टीका उम्मेदवार नगिन्द्र शाही  नेशनललाई सुर्य चिन्नमा मतदान गरी समर्थन गर्न आग्रह गर्दै आएका छन् ।

 

प्रतिनिधिसभाका उम्मेदवार नगिन्द्र शाही  नेशनलले जनता माझ ।