
असाेज ५,सिरहा। प्रहरीले आफ्नै पतिको ह’त्या गर्न सुपारी दिएको आ’रोपमा सिरहा गोलबाजर नगरपालिका ४ निपनियाँकी ३८ बर्षीया हरिहरदेवी महरालाई प’क्राउ गरेको छ ।
उनलाई पति ३९ वर्षीय दुखहरण महराको ह’त्या गरेको आ’रोपमा प’क्राउ गरिएको हो । हरिहरदेवीले भारतीय नागरिक मुकेश यादवसँग मिलेर पतिको ह’त्या गरेको प्रहरीको आ’रोप छ । हरिहरदेवीले पतिको हत्या गराउन मुकेशलाई ६० हजार रुपैयाँ सुपारी दिएकी थिइन् ।
महरा गत भदौ १८ गते भारत विहारको जयनगरस्थित बरही गाउँमा मृत फेला परेका थिए । महराको शव धारिलो हतियारले घाँटी रेटिएको र शरीरको विभिन्न भागमा चोट पटक लागेको अवस्थामा फेला परेको थियो ।
दुखहरण र हरिहरदेवीका ४ छोराछोरी छन् । प्रहरीले पतिको ह’त्यामा संलग्नको आ’रोपमा हरिहरदेवीलाई प’क्राउ गरी ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतबाट ५ दिन थुनामा राख्न अनुमति लिएको छ ।



karnalipress
५ आश्विन २०७८, मंगलवार ११:२१