
साउन ७ सुर्खेत । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन्। कर्णालीका दशवटा जिल्लालाई स्वास्थ्य सामाग्री बितरण अभियान अन्तरगत सुर्खेत जिल्लाका नेपाली काङ्ग्रेस सभापति कमलराज रेग्मीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन्।
अक्सिजन कन्सेट्रटर, मास्क, पीपीई स्यानीटाइजर, फेस सिल्ड,ग्लोब्स लगाएतका स्वास्थ्य सामाग्री शाहीले हस्तान्तरण गरेकाे युवा नेता जगतजंङ बिष्टले जानकारी दिए । नेता शाहीको नेतृत्वमा काठमाडौंको नयाँ बसपार्क नजिकै माछापोखरीमा निःशुल्क रुपमा खाना बितरण अभियान समेत संचालन भएको थियो भने उनकै पहलमा मेलम्ची ग्यालथुमलाई ५० बोरा खाद्यान्न र ६० थान जस्ता पाता हस्तान्तरण गरिएको थियो ।
karnalipress
७ श्रावण २०७८, बिहीबार २०:२१