कर्णाली राजमार्ग कतै खुल्यो कतै अझै अवरोध

कार्तिक ३,कालिकोट।  लगातारको पानीले कर्णाली राजमार्ग ठाउँ ठाउँमा अवरोध भएको छ । कालीकोट, जुम्ला दैलेखका बिभिन्न ठाउँमा पहिरो गएका कारणले यात्रुलाई निकै सास्ती भएको छ । आईतवार मात्र सुर्खेतवाट कालीकोटका लागि हिड्नु भएका कालीकोटका हेमराज सज्याल ३६ घण्टा पछि कालीकोट पुग्नु भएको छ ।

उहाँले दैलेख देखि कालीकोटका बिभिन्न ठाउँमा पहिरो गएको, कतै वाढीले सडकलाई खोलामा रुपान्त्रण गरेको र कतै रुख ढलेर सडक अवरोध भएका कारणले यातायातका साधनलाई निकै समस्या भएको वताउनुभयो । धेरै यात्रु भएकाले पनि पहिरो तथा वाढीले खोला वनाएको सडक मर्मत गरेर आफुहरु ३६ घण्टा लगाएर वल्ल आज कालीकोट सदरमुकाम पुगेको सुनाउनुभयो ।

पानीले गर्दा कालीकोट खण्डको मात्र दश ठाउँमा पहिरो गएको छ । गएराती स्र्काभेर लगाएर हटाएको कालीकोटको सेरीघाटमा फेरी पहिरो आएका गएका कारण सडक अवरोध भएको छ । यस्तै गगनेखोला, घट्टेखोला, कालेखोला, पिली, राँचुली, खल्लागाढमा पहिरो छ । प्रहरीले पहिरो हटाउन दुईवटा स्काभेटर प्रयोग गरेपनि हटाउन सकिएको छैन ।

सडकमा ठुलठुला ढुङगा खसेका कारणले सानो स्काभेटरले हटाउन नसक्दा नेपाली सेनालाई परिचालन गर्ने तयारी भईरहेको छ । आज बिहान वसेको जिल्ला बिपद ब्यवस्थापन समितिको वैठकले नेपाली सेनालाई ढुङगा फुटाउनका लागि वलास्टीङ गर्न अनुरोध गरेपछि सेनाले काम सुरु गरेको छ । नेपाली सेनाको सम्सेर गुल्मका गुल्मपती निरजप्रताप राणाले बिस्पोटक पर्दाथवाट पहिरो हटाउन काम जारी रहेको वताउनुभयो ।

गुल्मपति राणाले अरु ठाउँको के हुन्छ हामीलाई जानकारी छैन हामीले गर्ने काम आजै सक्छौ भन्नुभएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख चक्र शाहले सबै ठाउँमा प्रहरी घटिएको र कतै स्काभेटर कतै बिस्पोटक पर्दाथका कारणले वाटो खुलाउन समस्या भएको वताउनुभयो ।

केही ठाउँको पहिरो हटाएपनि फेरी उहि ठाउँमा पहिरो वग्ने भएकाले अवरोध हुदै आएको वताउनुभयो । सेरीघाट राँचुली लगाएका ठाउँको पहिरो हटाएर स्काभेर अगाडी जान्छ पछि फेरी पहिरो वग्ने गरेकाले एक दुई एकाभेर अपुग भएको वताउनुभयो ।