दैलेखको आठबिस नगरपालिकामा नगरसभाको तयारी सुरु

जेठ २५,कालिकोट। दैलेखको आठबिस नगरपालिकाले कार्यपालिकामा नयाँ जनप्रतिनिधि आइसकेपश्चातको ११ औँ नगर सभाको तयारी सुरु गरेको छ। नेपालको संविधानमा हरेक स्थानीय तहहरुले असार १० गते भित्र बजेट ल्याइसक्नुपर्ने प्रावधान भए बमोजिम आठबिस नगरपालिकाले पनि नगर सभाको तयारी सुरु गरेको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले बजेट निर्माणका लागि सबै सरोकारवाला पक्षसंग छलफल गरेको हो। आजको बैठकले नगरपालिका भित्र कार्यरत सरकारी तथा गैरसरकारी संघसंस्था,विभिन्न दातृ निकायहरु संग बिस्तृत छलफल गरिएको अधिकृत शाहीले बताए।

बैठकमा आगामी बर्षको बजेट,”ग्रीन जोन” आठबिस परियोजना,संचालन र यसको सफल कार्यान्वयनका विषयमा पनि छलफल गरिएको नगरपालिकाले जनाएको छ ।उक्त कार्यक्रममा नगरपालिकाका विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि,विभिन्न गैरसरकारी संघसंस्थाका प्रतिनिधि हरुको सहभागिता रहेको थियो ।