स्वास्थ्य कार्यालय कालिकोटका कर्मचारीको र्हकद,

चैत २८,कालिकोट । जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटमा कुष्ठरोग कार्यक्रम र्हेने कर्मचारी स्याम पौडेलले कार्यालय समयमै टेबल माथि खुट्टा फालेर बसेको फोटो सार्वजनिक भएको छ ।

कार्यालय समयमै टेबल माथि खुट्टाफालेर मोवाईल चलाई रहेको अवस्थामा बसिरहेको फाेटोमा देख्न सकिन्छ। सेवाग्राही कार्यालयमा जादा पौडेलले यस्तो गरेको पाइएको हो ।

यष बिषयमा कर्मचारी स्याम पौडेललाई सोध्दा कार्यालयमा सेवाग्राही नभएको बेला कहीलेकाही आफुले तेसो गरेको बताए। ‘उनले भने यो बिषय धेरै ठूलो नबनाउनु कार्यालयमा सेवाग्राही नभएको समयमा कहिले काही तेसो भएको होला ।’

कार्यालय समयमा यसरी बस्दा सेवाग्राहीलाई समेत समस्या हुने गरेको छ। यो जिल्ला अस्पतालमा उपचार गर्न आउने बिरामिले अस्पतालकाे अवस्था अस्तव्यस्त रहेको र डाक्टरले बिरामीलाई ठुल्ठुलो स्वरमा थर्काउनुले बिरामीलाई झन पीडा थपिने  गरेको बिरामिको आरोप छ ।