
भाद्र २०,कालिकोट। नेपाली काँग्रेसको १४ औँ महाधिवेशन र नेपाली काँग्रेस कालिकोट को ७ औँ जिल्ला अधिबेशनको तयारी तिब्र गतिमा भैरहेको छ।कालिकोटका ८२ वटा वडामा भदौ २२ गते बाट वडा अधिबेशन प्रारम्भ हुँदै छ।
अधिबेशनको तयारी संगै नेताहरुको उम्मेदवारी घोषणा र आ-आफ्नो पक्षमा माहोल बनाउन व्यापक लागिरहेका छन्। उम्मेदवारी घोषणाको क्रममा नेपाल विद्यार्थी संघ कालिकोटका कार्यबाहक अध्यक्ष जगतजंग बिष्टले पनि जिल्ला सचिव पदमा आफ्नो तयारी रहेको बताउनु भएको छ।
लामो समय देखि नेपाल विद्यार्थी संघको राजनिती गर्दै आउनु भएका बिष्ट स्कुल,कलेज,क्याम्पसको नेतृत्व गर्दै जिल्ला नेपाल विद्यार्थी संघ उपाध्यक्ष हुँदै अहिले कार्यबाहक अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ र विभिन्न सामाजिक संस्थामा पनि आबद्ध रहि सामाजिक सेवा गरिरहनु भएको छ।देशै भर सम्बन्ध भएका बिष्ट कालिकोट काँग्रेसको चर्चित युवा नेता हुन।
बिष्टले २०६४/२०७०/२०७४ सालको संविधान सभा चुनाव,स्थानीय चुनाव र प्रदेश तथा प्रतिनिधिसभा चुनावमा पार्टीलाई जिताउन सक्रिय भुमिका निर्बाह गरेका थिए। बिष्टले अव कालिकोटमा नेपाली काँग्रेसलाई गतिशील,प्रबिधि मैत्री,संगठन शुद्धिकरण र सुदृढीकरण गर्नको लागि आफ्नो उम्मेदवारी रहने बताउदै आफ्नो उर्जा,क्षमता र समय सामाजिक गतिविधिमा खर्चीरहेको समाजको उन्नति,प्रगति र हितको लागि सदैव लागिरहने हुदा उम्मेदवारी दिएको बताउनु भयो ।



karnalipress
२० भाद्र २०७८, आईतवार २१:५३