चे फोर्स कालिकोटद्वारा प्रतिमा चोक मर्मत

श्रावण १०,कालिकोट मान्म बाजारमा रहेको प्रतिमा चोकलाई मर्मत गरिएको छ।चे फोर्स कालिकोटले एक हप्ता लगाएर मर्मत गरेको हो।योगि नरहरिनाथको नाममा प्रर्चित चोकमा पुटिङ,सिमेन्ट,बालुवा,फुल,कलर,र गमलामा इनामेल लगाएर मर्मत गरीएको चे फोर्स कालिकोटका हिक्मतजंङ मल्लले जानकारी दिनुभयो।
लामो समय देखि  जिर्ण चोकमा स्थानिय सरकारले ध्यान नदिएको हुदा चे फोर्सले मर्मत गरेको उहाँले बताउनु भयो। मर्मत कार्यक्रमा जिल्ला ब्रिगेड कमान्डर गोभिन गुरुङ,सेक्रेटरी कमान्डर अमर जंग शाहि,हिक्मतजंग मल्ल लगाएतका युवाहरुको सहभागिता रहेको थियो।