रानीबिसौना नविल बैंक सार्न,पालिका अध्यक्ष नै गैरजिम्मेवार

कालीकाेट। कालीकोटकाे पलाँता गाउँपालिकाको रानीबिसौना नविल बैंक सार्ने विषयमा पलाँता गाउँपालिका अध्यक्ष विष्णु बहादुर रोकाया गैरजिम्मेवार बनेका छन् ।

नविल बैंकले पलाँता गाउँपालिकाको रानीबिसौनामा बैंक सार्न काेटेशन आह्वान गरेको र स्थानीय हिरामणी प्याकुरेलकाे घरमा बस्ने गरि सम्झौता गर्न जादाँ गाउँपालिका अध्यक्ष विष्णु बहादुर रोकायाले बैंकको केन्द्रीय कार्यालयमा पत्र पठाएर बैंक बस्ने भनिएको  घर विवादित  रहेको पत्र बैंकको केन्द्रीय कार्यालयमा  पठाएर  गैरजिम्मेवार  बनेका हुन् ।

नाविल बैंकको थिर्पु शाखा रानीबिसौना सार्न बैंकले  २०८२ पुष २५ मा बोलपत्र आह्वान गरी माघ ९ गते  आसयको सूचना प्रकाशित गरेको थियो ।

बैंक बस्ने घर धनी हिरामणी प्याकुरेलको घर छनाेट गरेपछि गाउँपालिका अध्यक्ष विष्णु बहादुर रोकायाले आफ्नो नजिकैको मान्छेकाे घर नपरेपछि बैंक  बस्ने घर विवादित भएको सिफारिस गरेका हुन्।

जिल्ला प्रशासन कार्यालयले पालिकासँग समन्वय गरी  सुरक्षा संवेदनशीलता र पालिकामा बैंक सार्ने विषयमा विवाद भएको जनाएको थियो ।

बैंक शाखा सञ्चालको सहजिकरण तथा नागरिकको सहज सेवाका लागि बैंकलाई स्थायी केन्द्रमा सार्दा तत्काल बैंक सार्ने जग्गा र घरको विवाद कायमै रहेको बताउदै पिडितले जिल्ला प्रशासन कार्यालयमा  निवेदन दिएका थिए, त्यसपछि प्रमुख जिल्ला अधिकारी गाेकर्ण राज सुयालले तत्कालीन अवस्थामा बैंक नसार्न पत्र पठाएका हुन् ।

बैंक शाखा पलाँता गाउँपालिकाको स्थाई केन्द्र रानिबिसौंनामा स्थानान्तरण गर्न पलाँता गाउँपालिकाका अध्यक्षले आफ्नो नजिकैकाे मान्छकाे मा राख्ने सयन्त रचेको स्थानीयबाे आराेप छ।

चारकिल्ला सिफारिस, वडा सिफारिस लगायत पालिकाले दिनुपर्ने सबै आवश्यक कागजातहरू रोक्नु प्रशासनिक लापरबाही मात्र होइन, यो स्पष्ट रूपमा पूर्वाग्रह र दुराशयपूर्ण निर्णय भएको स्थानीय  नमराज बुढाले बताए ।

मंगलबार मात्र मिडियामा गाउँपालिका अध्यक्ष विष्णु बहादुर राेकायाले प्रमुख जिल्ला अधिकारीले बैंक सार्न लगाएको  आराेप मिथ्या भएको पाएकाे हाे।

पलाँता गाउँपालिकाकाे केन्द्र रानीबिसौनामा रहेको उत्कृष्ट घरमा बैंक बस्न नदिन  गाउँपालिका अध्यक्ष नै राष्ट्र बैंक  पुगेर अर्को बैंक संग गुहार मागेका थिए । पलाँतामा नविल बैंक हुदाहुदै अर्को शाखा स्थापनागर्न नमिल्ने भएपछि पालिका अध्यक्षले नविल बैंक र प्रमुख जिल्ला अधिकारीलाई बैक सार्न नदिएको आराेप लगाएका हुन्। नविल बैंकले अहिले थिर्पुबाट आफ्नो सेवा दिदै आएको छ।