
ललित बिष्ट फागुन २५,मान्म। सामान्यतया चैत वैशाखमा फुल्ने लालीगुराँस यसवर्ष साविकभन्दा पहिले नै फुलेर जङ्गलनै राताम्यै भएपछि लालीगुराँससँग रमाउन आन्तरिक पर्यटक जंगल उक्लन थालेका छन् । यस वर्ष पुसदेखिनै लालीगुराँस फुलेर कालिकोटका ग्रामीण जङ्गलराता देखिन थालेका छन् भने काफल ,ऐसेलु,तिरखुलाजस्ता जङ्गली फल पनि बेमौसममै फल्नसुरु भएको छ ।
कालिकोट काेरास्काेट,तिलागुफा,खाँडाचक्र,नगरपालिकाका र शुभकालिका,नरहरिनाथ,सान्नीत्रिवेणी,पचालझरना,पलाँत,नरहरिनाथ रमहावै गाउँपालिकाका जङ्गलमा ढकमक्क लालीगुराँस फुलेर वन पाखानै राताम्यै देखिन थालेका छन् । फागुनको मध्यदेखि कोपिला लाग्नसुरु हुने लालीगुराँस यस वर्ष भने फागुनको पहिलो सातामानै ढकमक्क फुलेका हुन् । जिल्लाका जङ्गलमा पुसदेखिनै लालीगुराँस फुल्नाका साथै जङ्गली फलफूल पाक्न थालेका थिए ।
यसरी बेमौसममानै लालीगुराँस फुल्नु र जङ्गली फलको मौसमी चक्र परिवर्तन हुनुमा तापमान अर्थात् जलवायु परिवर्तनको प्रत्यक्ष असर परेकोे वातावरणविद्ले बताउछन् । लालीगुराँस फुले पछि फागुन र चैतमा वनजङ्गल रङ्गी विरङ्गी हुने र त्यसले सबैको मन लोभ्याउने गर्दछ ।“लालीगुराँसको फूल चैत, वैशाख महिनामा फुल्ने गर्दथ्यो तर केही वर्षयता बढ्दै गएको गर्मीसँगै लालीगुराँस चाँडै फुल्न थालेको छ, खाँडाचक्र नगरपालिका–१का रामबहादुर बाेगटीले बताए ।

फोटोः सान्नीत्रिवेणी गाउँपालिकाको वनमा राष्ट्रिय फूल ‘लालिगुराँस’



karnalipress
२५ फाल्गुन २०७८, बुधबार ०७:४५