आज दर खाने दिन स्वास्थ्यको पनि ख्याल गर्न डाक्टरकाे सुझाव

ललित बिष्ट भाद्र २३,कालिकोट । तीजको अघिल्लो दिन आज दर खाइँदै छ । दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ ।

तीजको दिन निराहार ब्रत बस्ने परम्परा रहेकोले आज आडका लागि बेलुका  पछि पौष्टिक तत्व भएका खानेकुरा खाने चलन चलेको हो । दर खाँदा आफ्नो स्वास्थ्यको पनि ख्याल गर्न डाक्टरले सुझाव दिएका छन् ।

स्वास्थ्य सेवा कार्यालय कालीकोटका डाक्टर किरण शाहीका अनुसार सकेसम्म धेरै चिल्लो र पिरो खानेकुरा खानु हुँदैन । खानाको सन्तुलन नमिल्दा शरीरको रक्तचाप तथा सुगरको मात्रा घट्न गइ बेहोश हुन सक्ने उहाँले बताउनुभयो ।दरमा माछामासु र अन्य खानेकुरासँगै हरियो सागपात पनि खानु पर्ने उहाँको भनाइ छ ।

भोलिको तीजका लागि धेरैजसो चेलीहरु आजै माइत जान्छन् । भोलि नाचगानसहित तीज पर्व मनाइन्छ । आउँदो शनिबार ऋषिपञ्चमी मनाए पछि यसपालिको तीज सकिन्छ ।

पोहोर जस्तै यसपालि पनि कोरोनाको जोखिम कायमै रहेकाले मास्क  अनिवारे प्रयोगगरी,सामाजिक दुरी कायक गर्दै,भीडभाड नगर्न र आफ्नो परिवारमा मात्रै पर्वलाई सिमित राख्न कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले सुझाव दिनु भएको छ ।