जेठ ७,कालिकोट। कालिकोटका सबै पालिकाको मतगणना सकिएको छ । ९ ओटा स्थानिय तह रहेको कालिकोटमा नेपाली काँग्रेसले २ पालिका प्रमुख र एक पालिका उपाध्यक्षमा जित हात पारेको छ भने नेकपा एमाले ३ पालिका उपाध्यक्ष जित हात पारेको छ ।
नेकपा माओवादी केन्द्रले ५ पालिकाको प्रमुख र ५ पालिकाको उपाध्यक्षमा जित हात पारेको छ, भने २ पालिका प्रमुखमा स्वतन्त्र उम्मेरदवाको विजयी भएको छ । नेपाली काँग्रेसले जिल्लाको तिलागुफा नगरपालिकामा प्रमुख,नरहरिनाथ गाउँपालिकाको प्रमुख र शुभकालिका गाउँपालिकाको उपाध्यक्ष जितेको छ भने यस्तै नेकपा एमालेले तिलागुफा नगरपालिकाको उपप्रमुख,सान्नीत्रिबेणी गाउँपालिकाको उपाध्यक्ष,महाबै गाउपालिकामा उपाध्यक्ष पदमा जित हासिल गरेको छ ।
यस्तै नेकपा माओवादी केन्द्रले शुभकालिका गाउँपालिका,महाबै गाउपालिकामा पलाँता गाउँपालिका ,पचालझरना गाउँपालिका अध्यक्ष र रास्कोट नगरपालिका, प्रमुखमा पदमा जित हासिल गरेको छ भने ,पलाँता गाउँपालिका, पचालझरना गाउँपालिका, नरहरिनाथ गाउँपालिका, खाँडाचक्र नगरपालिका र रास्कोट नगरपालिकामा उपाध्यक्ष र उप प्रमुख जितेको छ । भने यस्तै खाँडाचक्र नगरपालिका प्रमुख र सान्नीत्रिबेणी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेरदवाको विजयी भएको छ । नेकपा एकिकृत समाजवादी पार्टीले जिल्लाको रास्कोट नगरपालिकाको उपप्रमुख पदमा जित हासिल गरेको छ ।
जिल्लाका सबै पालिकाको मतगणना सकिएसँगै सार्वजनिक मतपरिणम अनुसार कालिकोटको खाँडाचक्र नगरपालिकामा गठबन्धन भित्रका स्वतनत्र उमेरदवार कमलबहादुर शाहीले २ हजार ९ सय १९ मत प्राप्त गरेका छन् विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका जसिप्रसाद पाण्डेले २ हजार ६ सय ९मत पराप्त गरेका छन् । उपप्रमुखमा माओबादी केन्द्रका गणेशबहादुर शाहीले २ हजार ९ सय २६ मत पराप्त गरि विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका मिना शाहीले २ हजार १ सय ३७ मत पराप्त गरेका छन् ।
तिलनगुफा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका शंकरप्रसाद उपाध्याय निर्वाचित भएका छन् । २ हजार ९सय १६ मत ल्याएर उनी प्रमुखमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दिनेश चँदाराले २ हजार ५ सय ४० मत पाएका छन्। उपप्रमुखमा नेकपा एमालेका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । उनले २ हजार ७ सय ५९ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रकी गीताकुमारी वली (थापा)ले २ हजार ४ सय १५ मत पाएकाछन् ।
राष्कोट नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका धर्मराज शाही (पोषण) विजयी भएका छन् । उनले ३ हजार ४७ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका दयाराम सिम्खडाले २ हजार १ सय १७ मत प्राप्त गरे । उपप्रमुखमा एकीकृत समाजवादीका मनिराज बराल विजयी भएका छन्। बरालले २ हजार ८ सय ९ मत प्राप्त गरेका हुन् ।उनको प्रतिद्वन्द्वी एमालेकी उमा शाहीले १ हजार ३ सय १ मत पाएकी छन्। रास्कोट नगरपालिकामा माओवादी र समाजवादीबिच गठबन्धन भएको थियो ।
पलाता गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका विष्णुबहादुर रोकाय विजयी भएका छन् ।उन २ हजार २ सय ९२ मतका साथ विजयी भए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशरसिंह बमले १ हजार ४ सय १३ मत पाए । उपाध्यक्षमा पनि मावादी केन्द्रकी अलैपूरा जैशी विजयी भएका छन् । उनले १ हजार ७ सय ४३ मत पाएकि छन् । उनका प्रतिद्वन्द्वी एमालेकी जलशा कुमारी बुढाले १ हजार ५ सय २३ मत पराप्त गरेकका छन् ।
शुभकालिका गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार गोविन्द आर्चाय विजयी भएका छन्। आर्चायले २ हजार ४ सय ९ मत ल्याएर विजयी भएका हन् । आर्चायका प्रतिद्वन्द्वी नेकपा एमालेका भरतराज धितालले १ हजार ५ सय ९५ मत प्राप्त गरेका छन्। गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका धर्मा शाही विजयी भएकि छन् । शाहीले २ हजार ३४ मत प्राप्त गरेकि छन् । शाहीका प्रतिद्वन्द्वी नेकपा एमालेका लछु चौलागाईले १ हजार ३ सय ६१ मत प्राप्त गरेकि छन् ।
सान्नीत्रिवेणी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसी (महेश) विजयी भएका छन् । उनले १ हजार ८ सय २२ मत ल्याएर विजयी भएका हुन् । केसीका प्रतिद्वन्द्वी माओवादी केन्द्रका डम्मरबहादुर शाहीले १ हजार ३ सय २५ मत पाएका छन् । उपाध्यक्षमा एमालेकी पार्वती सिँह विजयी भएका छन् । उनले १ हजार ६ सय ८१ मत ल्याएर विजयी भएकी हुन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकी पशुबिना बमले १ हजार २ सय २२ मत पाएकी छन् । उक्त पालिकामा गठबन्धनले माओवादी केन्द्रका डम्मरबहादुर शाहीलाई टिकट दिएपछि माओवादीकै मोहनबहादुर केसी (महेश)ले स्वतन्त्र उम्मेदवार दिएका थिए ।
नरहरिनाथ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका नगेन्द्रबहादुर बिष्ट विजयी भएका छन् । बिष्टले २ हजार ६ सय ३६ मत ल्याएर विजयी भएका हुन् । उनकी प्रतिद्वन्द्वी एकीकृत समाजवादीका धिरबहादुर बिष्टले २ हजार ४ सय ४५ मत पाए । धिरबहादुर निवर्तमान अध्यक्षसमेत हुन् । उपाध्यक्षमा माओवादी केन्द्रका कमलकुमार शाही विजयी भएका छन् । उनले २ हजार ९ सय १७ मत ल्याए । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सीता रावलले २ हजार २ सय ८३ मत पाइन् छन् ।
महावै गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नेता खेमबहादुर सिंह (भिजन)विजयी भएका छन् । उनिले २ हजार २ सय ७४ मतका साथ विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मातृका सिंहले १ हजार १ सय ३९ मत ल्याएका छन् । उपाध्यक्षमा नेकपा एमालेका दानसिंह सेजुवाल विजयी भएका छन् । उनले २ हजार २ सय ७१ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका सृजन शाहीले ८ सय २१ मत ल्याएका छन् । पालिकामा एमाले र माओवादी केन्द्र बिच गठबन्धन भएको थियो ।
पचालझरना गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार देवराज शाही (अग्नि) विजयी भएका छन्। शाहीले २ हजार ३ सय ६२ मत ल्याएर विजयी भएका हुन् ।शाहीका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेकबहादुर बोगटीले १ हजार ७ सय २९ मत प्राप्त गरे। गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकै अल्किना बम (बबिता) बिजयी भएकि छन् । बमले २ हजार ३ सय ९८ मत प्राप्त गरेकि छन् । बमका प्रतिस्पर्धी नेकपा एमालेका रन रोकायाले १ हजार २ सय ३६ मत प्राप्त गरेका छन् ।



karnalipress
७ जेष्ठ २०७९, शनिबार १९:०७