मनोसमाजिक क्षमता बिकास र उपरात्मक कक्षा सम्वन्धी तालिम सम्पन्न

फाल्गुन,१२ कालीकोट। जिल्लाको सदरमुकाम मान्ममा तनव ब्यवस्थापन मनोबिमर्ष तथा मनोवैज्ञानिक सहयोग उपचरात्मक कक्षा सम्वन्धी दुई दिने तालिम सम्पन्न भएको छ । बिद्यालयका शिक्षक, बिद्यालय ब्यवस्थापन समिति, र अभिभावकहरुलाई लिक्षत गरि आयोजना गरिएको तालिम सम्पन्न भएको हो । प्लानइन्टरनेशनल नेपालको सहयोग,किर्डाक नेपाल द्धारा सञ्चालति कोभिड-१९ रेसपन्स र रिकोभरी परियोजको समन्वयमा तालिमको आयोजना गरिएको थियो ।

बिद्यालयमा हुने तनावलाई ब्यवस्थापन गर्नकालागि शिक्षक अभिभावक र ब्यवस्थापन समितिका पदाधिकारीले अपनाउने उपाएका वारे प्रस्ट हुन तालिमले निर्देशन गरेको छ । तालिम समापन समारोहमा वोल्दै किर्डाक नेपाल कालीकोटका जिल्ला संयोजक तुलाराम पाण्डेले तनाव नदिएर सिकाईने पदतीलाई नै उपचरात्मक कक्षा भनेर वुज्नआग्रह गर्नुभयो । उहाँले आफुले दिने शिक्षा कस्तो सरल र खोजमुलक हुने भनेर आफैले पनि खोज अनुसन्धान गरी ब्यवहारिक अभ्यासमा लाग्न अनुरोध गर्नुभयो ।

तालिममा सहभागी नरहरीनाथ गाउँपालिका वडा नं ८ मा रहेको मंगलासैन माध्यमिक बिद्यालयका शिक्षक पंखवहादुर बिष्टले समयमै दिने सुचना र ज्ञानले सबैलाई राम्रो हुने भन्दै आगामी दिनमा आफुहरुले तालिममा सिकेका कुराको अभ्यास गर्ने वताउनुभयो । बिद्यालय ब्यवस्थापन समितिको तर्फवाट तालिममा सहभागी नैनवहादुर वुढाले मानसिक तनावको ब्यवस्थापन,शिक्षक अभिभावक बिचको राम्रो सम्वन्धले शिक्षा क्षेत्रमा उपलब्धी हासिल गर्न सकिने कुराको अनुभव भएको प्रतिक्रिया दिनुभयो ।

अभिभावक मंकरसिह दर्जिले तालिममा सिकेका कुरा ब्यवहारमा लागु गर्न तयार हुने वताउदै केही महिनामा बिद्यालयमा तनाव ब्यवस्थापनलाई कमगर्न उपचरात्मक बिधिको अभ्यास गरिने प्रतिवद्धता गर्नुभयो । मनोसमाजिक प्ररामर्षकर्ता हिलवादुर शाहीले मनोसमाजिक अवधारणा, मनोसामाजिक सुस्वास्थ्य, तनाव र तनाव ब्यवस्थापनका सवालमा जानकारी गराउनु भएको थियो ।

बिद्यालयको सिकाई उपलब्धी सिकेका कुरालाई प्रतिसतमा राख्न र शैक्षिक मुल्यांकनको प्रतिफल निकाल्ने लगाएतका बिषयमा किर्डाक नेपालका धनिराम न्यौपानेले जानकारी गराउनु भएको थियो । तालिमको सहजीकरण ममोविमर्शकर्ता दिल वहादुर शाही र शैक्षनिक आरपी धनिराम न्यौपानेले गर्नुको थियो ।