
कालीकोट जिल्लाको शुभकालिका गाउँपालिकाले आर्थिक वर्ष २०८२र०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाको १३औँ गाउँसभामा अध्यक्ष गोविन्द प्रसाद आचार्यले शिक्षा, स्वास्थ्य, कृषि र आधुनिक उत्पादन प्रणालीलाई पहिलो प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
उपाध्यक्ष धर्मकला शाहीले ४६ करोड २० लाख ५० हजार ४१८ रुपैयाँको कुल बजेट विवरण प्रस्तुत गरे।नीतिमा प्रविधिमैत्री शिक्षा, खस–मगर भाषा संरक्षण, युवा खेलकुद, हिंसामुक्त समाज, व्यावसायिक कृषि, पशुपालन, पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, सिँचाइ विस्तार, आवास योजना, विपद् व्यवस्थापन र सुशासनलाई प्राथमिकता दिइएको छ।



karnalipress
११ असार २०८२, बुधबार १०:१४