सुत्केरी महिलाको हेलिकप्टरमार्फत  उद्धार

१९ माघ,दैलेख। दैलेखमा एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ। आठबिस नगरपालिका–८ की २४ वर्षीया हीरा बडुवाललाई अत्यधिक रक्तस्राव लागेर थलिएपछि थप उपचारका लागि सुर्खेत लगिएको हो ।

मंगलबार देखि नै सुत्केरी व्यथा लागेर थलिएकी बडुवालको स्थानिय स्वास्थ्य चौकीमा बच्चा जन्मे पनि अत्यधिक रक्तस्राव भएपछि भनेजस्तो उपचार हुन नसकेपछि बुधबार बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल  जानकारी दिए।