
चैत्र ९ दैलेख। दैलेखको आठविस नगरपालिका जनप्रतिनिधि,बिषयगत शाखाका प्रमुख,कर्मचारी र पारा सामाजिक कार्यकर्ताहरुका लागि संरक्षणका चरणको साझा अवधारणा सम्वन्धि तालीम आजवाट राकम कर्णालीमा शुरु भएको छ ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोग,एभरेष्ट क्लव दैलेखको आयोजना र आठविस नगरपालिका दैलेखको सहकार्यमा तालिम संचालन भएको हो ।
बालअधिकारको अवधारणा सहित बालबालिका सम्वन्धि बनेका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कानुनी प्रावधान,मामला ब्यवस्थापन महत्व,बालसंरक्षणका चरण,श्रोत नक्साँकन, सिफारिस संयन्त्र,जोखीममा रहेका बालबालिकाहरुको जोखीम न्युनीकरणमा स्थानीय सरकार र पारा सामाजिक कार्यकर्ताको भुमिकाका बिषयमा साझा बुझाई ल्याउनकालागि उक्त तालिमको आयोजना गरिएको एभरेष्ट क्लव दैलेखका बालसंरक्षण संयोजक दिपक खड्काले बताउए।
तालिमको उद्घाद्धनगर्दै नगर प्रमुख तर्कवहादुर बडुवालले आठबिस नगरपालिकाले बालबालिका सम्वन्धि महत्वपुर्ण काम गरिरहेको र बालअधिकारको संरक्षण र प्रर्बधनकालागि बिभिन्न नितिहरु बनाएर अगाडी बढ्ने,जोखिममा रहेका बालबालिकाहरुको सहयोगका लागि वडा तहवाट बिभिन्न साझेदारी निकायसंगको सहकार्यमाकामहरु भैरहेको र बालअधिकार प्रर्बधनमा सुधारात्मक कामहरु भएको जानकारी दिए ।
कार्यक्रममाबोल्दै नगरउप-प्रमुख कल्पना कुमारी थापा दैलेखको बिकट पालिका भएकोले बालश्रमिक,बालविवाह,छाउपडी प्रथामा बिशेष कार्यक्रम सहित कार्यक्रम गरिरहेको बताईन्। आउने स्थानिय तहको योजना प्रक्रियामा बालबालिकाहरुको अर्थपुर्ण सहभागीता गराएर बालबालिकाको क्षेत्रमा उल्लेखनिय बजेट समेत बिनियोजन गर्ने प्रतिवद्धता गरिन् ।
३ दिन सम्म संचालन हुने तालिममा वडा कार्यालय र पारा सामाजिक कार्यकर्ताहरुले मामला ब्यवस्थापनका क्षेत्रमा गरेका राम्रा काम,चुनौतिका वारेमा सिकाई आदान प्रदान गर्ने, बालअधिकारको अवधारणा,पृष्टभुमी सम्वन्धि छलफल गर्ने,संरक्षणका चरणको साझा अवधारणा,बालबालिका बिरुद्ध हुने हिँसा,बच्ने उपाय,जोखीममा रहेका बालबालिकाको प्राथमिकरण गर्ने बिधि,हिँसा प्रभावित बालबालिकालाई सेवा प्रदान गर्ने सेवा प्रदायक निकायको नक्साँकन,बालबालिका विरुद्धका कसुर र सजाय,संरक्षणका चरण,बालअधिकार समितिको काम कर्तब्य र अधिकार,जोखीममा रहेका बालबालिकामा पर्ने मनोसामाजिक समस्या,मनोसामाजिक मनोबिमर्श सहयोग,जोखीम बालबालिकाको ब्यक्तीगत घटना फाईल र दस्तावेजीकरण र बालकल्याण अधिकारीको भुमिका र मामला ब्यवस्थापन प्रक्रियाको दिगोपना जस्ता बिषयमा तालिम केन्द्रित रहेकाे एभरेष्ट क्लवका मनोसामाजिक मनोविमर्शकर्ता लेखनाथ पोखरेलले जानकारी दिए ।
आठविस नगरपालिकाको राकम कर्णालीमा आयोजना भएको तालिमको सहजीकरण सेभ द चिल्ड्रेनका बालअधिकार शासन तथा बालसंरक्षण संयोजक बाले बिश्वकर्मा,एभरेष्ट क्लवका बालसंरक्षण संयोजक दिपक खड्का,मनोसामाजिक मनोबिमर्शकर्ता लेखनाथ पोखरेल गरिरहेका छन् ।
karnalipress
९ चैत्र २०७९, बिहीबार १८:५३