
असोज १६,कालीकोट। पलाँता गाउँपालिकाले तिन ओटा स्वास्थ्य संस्थालाई गाडि हस्तान्तरण गरेको छ। बिरामिहरुको अवस्था हेरेर गाउँपालिकाले पलाँताका तिनओटा स्वास्थ्य संस्था पलाँता अस्पताल, खिन स्वास्थ्य चौकी र धैलागोह स्वास्थ्य चौकीमा शुक्रवार गाडि हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष लक्ष्मण बम पलाँती कान्छाले जानकारी दिनुभयो।
“अब बिरामि स्टेचर हैन घरबाट ल्याएर घरमै पुर्याउने छन गाडिले यस्को संरक्षण सबैको जिम्मेवारी हुनेछ सेवामा हामी तयार छौ गाउँपालिकाले खरिद गरेको चार ओटा गाडि मध्य तिन ओटा गाडि स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेको र एक गाडि गाउँपालिकामा रहेको छ”।
गाउँपालिकाले स्वास्थ्य संस्थालाई गाडि हस्तान्तरण गदै स्वास्थ्य संस्थाहरुले बिरामीहरुको समस्या बुझ्ने बताइएको छ।गाडि हस्तान्तरण कार्यक्रमा गाउँपालिका उपाध्यक्ष दाना न्यौपाने,स्वास्थ्य क्रर्मी लगाएतको सहभागिता रहेको थियो।



karnalipress
१६ आश्विन २०७८, शनिबार २२:०३