वाईसिएल अध्यक्षमा न्यौपानेको दावी

प्रेमराज सिम्खडा भाद्र १३,कालीकोट, नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालले भर्चुअल विधिबाट राष्ट्रिय भेला आयोजना गर्न लागेको छ । भदौ १२ र १३ गते हुने भेलाले वाइसिएलको नयाँ नेतृत्व समेत चयन गर्ने भएपछि संगठनको अध्यक्षमा पहिलो पटक महिलाले दावि गर्नु भएको छ । अध्यक्षको वलियो दावी कालीकोटकी यशोदा न्यौपाने (पुणिमा) को छ ।
वाइसिएलका निवर्तमान केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा) लाई पार्टीले वाइसिएल र युवा विशेष जिल्ला समितिको इञ्चार्जको जिम्मेवारी दिएकाले अब वाइसिएलको नेतृत्व आफुले पाउनु पर्ने वाईसिएल उपाध्याक्ष यशोदा न्यौपाने चौलागाईको छ । निवर्तमान केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा संगठनवाट वाहिरिएपछि अध्यक्षमा चार जना दाबेदार देखिएका छन । चार जना मध्य न्यौपाने महिला भएकाले वलियो उम्मेदवार मान्न थालिएको छ । अध्यक्षमा दावी गर्नेमा वाइसिएलका निवर्तमान उपाध्यक्षहरु सुमन देवकोटा (अब्दुल), यशोदा न्यौपाने र सुरज सिंह तथा महासचिव सुवोध सेर्पाली रहेका छन ।
माओवादी बिद्रोहमा जनमुक्ती सेनाको कमाण्डर समेत भएकी र महिला, दलित, जनजाती, सबैको सहभागीताको पक्षमा वोल्ने पार्टी भएकाले आफ्नो उम्मेदवारी जायज भएको भन्दै देशैभरका युवाले एक पटक महिलालाई वाईसिएलको जिम्मा दिने बिश्वास न्यौपानेको छ । उहाँले कुनै प्रभुले नरोकेमा आफुले युवाको नेतृत्व पाउने प्रतिक्रिया दिनुभयो । यस भन्दा अगाडी पनि आफुले अध्यक्षका लागि दावी पेश गरेको भन्दै सहमतीमा जाने पार्टीको निर्णयलाई स्वीकार गरेर उपाध्याक्षमा वसेको वताउनुभयो ।
यसोदा न्यौपानेको अर्को दावी पनि छ । वर्गसंघर्षको हिसाव हुनु पर्छ ।
जनयुद्धका वेला रोप्ला रुकुम पछि कालीकोट तेस्रो बिद्रोही जिल्ला हो । हालको कर्णाली प्रदेश निकै पिछडिएको प्रदेश हो । त्यसै मध्ये पनि कालिकोट जिल्ला झनै पिछडिएको जिल्ला हो । उमेरले १५÷१६ बर्षको हुदाँ देखि नै माओवादी आन्दोलनमा आफु र कालीकोटका य्वा हुमिएकाले वर्गसंघर्षको हिसावले पनि नेतृत्व आफुले पाउनु पर्ने दावी न्यौपानेको छ ।
अहिले माओवादी केन्द्रमा कर्णाली प्रदेश बाट महिलाको नेतृत्व तहमा यसोदा न्यौपाने अग्रभागमा पनि भएकाले यो अवसरलाई पार्टीले पनि नचुकाउने उहाँमा बिश्वास छ । हामीले वर्ग प्रति बिश्वास गर्ने हो । नेतृत्वको बिकास भनेकै वर्गसंघर्षवाट हुने भएकाले त्यसको हिसाव राख्न पनि युवा नेता न्यौपानेले पार्टी नेतृत्वलाई सुझाव दिनु भएको छ ।
अव हुने वाइसिएलको केन्द्रिय अध्यक्षमा महिला नेत्रिहरु मध्ये यशोदाको नाम अग्रपंक्तिमा आउने गरेको छ । २०४० साल भदौ ५ गते जुम्लामा जन्मिएकी यशोदा अहिले कालिकोटमा बस्दै आउनु भएको छ । १२ बर्षको उमेरमा तत्कालिन माओवादी पार्टीले सुरु गरेको शसस्त्र जनयुद्धमा भुमीगत बनी आन्दोलनमा आफ्नो जीवन सुम्पिएकी थिईन् । जनयूद्धको वेला विभिन्न मोर्चा सम्हाल्दै आएकी यशोदालाई एक साहसिक महिला नेत्रीको रुपमा लिने गरिन्छ ।
यूद्धका विभिन्न मोर्चामा आफ्नो उत्कृष्ट कौशल्ता प्रर्दशन गर्दै एउटा महिला पनि पुरुष भन्दा कम हुदैनन् भन्ने प्रमाणित गर्ने नारी हुन् यशोदा । माओवादी केन्द्रको जिल्ला सदस्य, प्रदेश सदस्य हुदै वाईसिएल नेपालको केन्द्रिय उपाध्यक्ष समेत बनिसकेकी यशोदालाई उहाँका शुभचिन्तकहरुले अहिले केन्द्रिय अध्यक्ष बनेको हेर्न निकै सहानुभुती देखाएको देखिन्छ । हजारौ यूवाहरुको माझमा सरल,सालिन, जुझारु, नेतृत्वमा उत्कृष्ट क्षमता प्रर्दशन गर्ने यशोदा कर्णालीको जनमुक्ति सेनाको अफिसर कर्णालीको साहसिक योद्धाको रुपमा लिने गरिन्छ ।
युवा नेतृ यशोदा न्यौपाने चौलगाई तस्वीर उहाँकै समाजकि सञ्जाल फेसवुकवाट